Home / सिजीले ल्यायो ४ नयाँ स्मार्टफोन

सिजीले ल्यायो ४ नयाँ स्मार्टफोन

चौधरी ग्रुप (सिजी) ले इओन ब्लेज सिरिजका चार बजेट स्मार्टफोन नेपाली बजारमा भित्राएको छ ।

इओन ब्लेज ६.०, इओन ब्लेज प्रो, इओन ब्लेज गोल्ड र इओन ब्लेज मिनी सिजीले सार्वजनिक गरेका मोडलहरू रहेका छन ।
इओन ब्लेज ६.०
cg-eon-blaze-6-0-price-in-nepal-11225588स फ्याबलेट आकारको स्मार्टफोनमा ६.० इन्चको एचडी डिस्प्ले रहेको छ । यस मोडलमा १६ जिबीको आन्तरिक मेमोरी रहेको छ भने यसमा १३ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । एन्ड्रोइड मार्सम्यालो अपरेटिङ सिस्टममा चल्ने यस स्मार्टफोनमा २८०० एमएएचको ब्याट्री रहेको छ । यस मोबाइलको मूल्य ११ हजार १ सय ११ रूपैयाँ तोकिएको छ ।

इओन ब्लेज प्रो
cg-eon-blaze-pro-price-in-nepal-12441100

५.५ इन्चको एचडी आइपिएस डिस्प्लेयुक्त यस स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । एन्ड्रोइड मार्सम्यालो अपरेटिङ सिस्टममा चल्ने यस स्मार्टफोनमा ८ जिबीको आन्तरिक मेमोरी रहेको छ । २४०० एमएचको ब्याट्री रहेको यस स्मार्टफोनको मूल्य ९ हजार ६ सय ९९ रूपैया रहेको छ ।

इओन ब्लेज गोल्ड
५ इन्चको आइपिएस डिस्प्ले जडान गरिएको इओन ब्लेज गोल्डमा २.५ डी कर्भड ग्लास प्रयोग गरिएको छ । क्यामेरामा इओन ब्लेज ६.० र इओन ब्लेज प्रो जस्तै यसमा पनि १३ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेराको प्रयोग गरिएको छ । यस स्मार्टफोनमा १६ जिबीको आन्तरिक मेमोरी रहेको छ । यसका अलावा यस इओन ब्लेज गोल्डमा २३०० एमएएचको ब्याट्री प्रयोेग गरिएको छ जुन मार्सम्यालो अपरेटिङ सिस्टममा चल्छ । स्मार्टफोनको मूल्य ८ हजार ८ सय ८८ तोकिएको छ ।cg-eon-blaze-gold-mobile-price-in-nepal-2016-cg-eon-blaze-gold-smartphone-feature-specification-camera-battery-2073-1

इओन ब्लेज मिनी
सिजीको इओन सिरिजको सबैभन्दा सस्तो मोबाइल हो इओन ब्लेज मिनी । ४ इन्चको डिस्प्ले रहेको इओन ब्लेज मिनी पनि अरू मोडलहरू झै एन्ड्रोइड मार्सम्यालो अपरेटिङ सिस्टममा चल्छ । इओन ब्लेज मिनीमा ५ मेगापिक्सेलको रियर क्यामेरा रहेको छ भने २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । ८ जिबी आन्तरिक मेमोरी रहेको यस मोडलमा २०५० एमएएचको ब्याट्रीको प्रयोग गरिएको छ ।

Check Also

ओप्पोको ‘दशैं स्क्र्याच एण्ड विन अफर’ का विजेताहरु पुरस्कृत

ओप्पोले ‘दशैं स्क्र्याच एण्ड विन अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंको कमलपोखरी …

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *