Home / Sindhuli Edu-Tech Expo / सिन्धुलीमाढीमा आयोजित शैक्षिक परामर्श तथा प्राविधिक मेला (एडु टेक एक्स्पो) सम्पन्न

सिन्धुलीमाढीमा आयोजित शैक्षिक परामर्श तथा प्राविधिक मेला (एडु टेक एक्स्पो) सम्पन्न

सिन्धुलीमाढीमा पहिलो पटक आयोजना गरिएको शैक्षिक परामर्श तथा प्राविधिक मेला (एडु टेक एक्स्पो) सम्पन्न भएको छ । तेस्रो सिन्धुली महोत्सवको विशेष आकर्षणको रुपमा रहेको यो मेला पुस १० देखि १४ गतेसम्म सञ्चालन गरिएको थियो ।

एडु टेक एक्स्पोमा शिक्षा र सूचना प्रविधिसँग सम्बन्धित दुई दर्जन संस्थाहरुको सहभागिता रहेको थियो । स्थानीय तथा काठमाडौंका कलेज, शैक्षिक परामर्शदाता संस्था, सफ्टवेयर र हार्डवेयर कम्पनीहरुले आ–आफ्ना सेवा प्रदर्शनीमा राखेका थिए ।

एडु टेक एक्स्पोको टाइटल स्पोन्सर प्लानेटअर्थ सोलुसन (पिइएसस)का कार्यकारी बजार व्यवस्थापक सुविन शाक्यले एक्स्पोबाट निकै उत्साह थपिएको बताउदै कम्पनीले निर्माण गरेका सहकारी, स्कुल र इआरपी सफ्टवेयर, एसएमएस, एटेन्डेन्स हार्डवेयर तथा सफ्टवेयरलगायतका प्रविधि प्रदर्शन गरिएको जानकारी दिए ।IMG_20141227_144656

एक्स्पोको अर्को विशेष आकर्षणको रुपमा रहेको सिसिटभी पार्टनर बिगटेक सिस्टम प्रालिले सिसिटिभी सिस्टम, इन्टरनेट नेटवर्किङ, पिएबिएक्स सिस्टम, डुअर लक सिस्टम, एटेन्डेन्ड सिस्टम, अल सेक्युरिटी तथा आइटी सिस्टम प्रदर्शनीमा राखेको थियो । कम्पनीका प्रमुख हरिराम रिमालले काठमाडौंबाट नजिकको दुरीमा रहेर पनि प्रविधि प्रयोगमा सिन्धुली पछि पर्नु आश्चर्य रहेको बताउदै एडु टेक एक्स्पोले सिन्धुलीलाई प्रविधिसँग परिचित गराउने कार्य गरेको प्रतिक्रिया दिए ।

त्यस्तै मिडिया पार्टनर लिभिङ विथ आइसिटीका बजार प्रतिनिधि तेज साहुले सिन्धुलीबासीले आइसिटी म्यागजिनलाई अत्याधिक माया गरेको प्रतिक्रिया दिदैं अबका मिडियाले सूचना प्रविधिलाई प्राथमिकता दिनुपर्ने तथा यस्ता एक्सोहरु नियमित गर्नुपर्ने धारणा राखे ।

एक्स्पोमा स्मार्ट टेलिकम , कलर्स मोबाइल, डिटिसी मोबाइल, क्षितिज इलेक्ट्रोनिक्स, एभाल टेक्नोलोजी, बिएसएसएस कम्प्युटर ट्रेनिङ सेन्टर, स्मार्ट टेलिकमलगायतका आइटी कम्पनीहरुको समेत सहभागिता थियो । त्यसैगरी नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) आवद्ध विभिन्न परमार्श दाता संस्थाहरुको समेत एक्स्पोमा सहभागिता थियो । त्यस्तै कलेजहरुमा काठमाडौंका क्यास्पियन, फ्लोरिडा, माइलस्टोनलगायतका कलेजको सहभागिता थियो ।
lw8

पहिलो शैक्षिक परामर्श तथा प्राविधिक मेलाका संयोजक तथा तेस्रो सिन्धुली महोत्सवका आइसिटी ब्यबस्थान उपसमितिका  संयोजक मुकेश धमलाले जिल्लामा यो स्तरको प्रदर्शनी गर्नु आफैंमा चुनैतीपूर्ण भएपनि सूचना प्रविधिको विकासमा आफूहरुले ईट्टा थप्ने काम गरेको बताए ।

sindhuli7

sindhuli press confrnece

Check Also

एडु टेक मेलामा कम्पनीहरुको विशेष छुट योजना

सिन्धुली महोत्सवको विशेष आकर्षणको रुपमा रहेको ‘शिक्षा परामर्श तथा सूचना प्रविधि प्रदर्शनी मेला’ मा विभिन्न …

संचार र प्रविधिको पहुँचमा सिन्धुली

द्वारिका काफ्ले नेपालमा सञ्चार क्षेत्रको सुरुवात भएको एक शतक नाघिसकेको भएपनि सिन्धुली जिल्लामा सञ्चारको इतिहास …

Leave a Reply

Your email address will not be published. Required fields are marked *