Home / Featured / १० बिलियन डलर खर्चमा भेटियो ‘गड पार्टिकल’

१० बिलियन डलर खर्चमा भेटियो ‘गड पार्टिकल’

वैज्ञानिकहरुको सयौं वर्षको मेहनत पछि गड पार्टिकल अर्थात भगवन कण भेटिएको छ।जेनेभामा भएको विशाल कन्फ्रेन्समा वैज्ञानिकहरुले कण भेटिएको, जस्को गुण हिग्स बोसोन संग मिल्दछ, घोषणा गरेका छन् ।

गड पार्टिकल भनिने हिग्स बोसन पुरै ब्रम्हाण्डको निर्माण देखी यो ब्रम्हाण्डका प्रत्येक कुराका लागि जिम्मेवार मात्रै होइन प्रत्येक वस्तुमा यो कण भएको विश्वास गरिन्छ । जेनेभा नजिक हेड्रन कोलाइडर पार्टिकल याक्सिलरेटर नामक सुरुङ बनाएर यसको खोजी गरिएको थियो । यो सुरुङलाई बनाउन मात्रै १० बिलियन डलर लागेको थियो ,।

European Organisation for Nuclear Research (CERN) सर्नले यो खोजको नेतृत्व गरेको थियो । ४० वर्ष अघि बेलायती वैज्ञानिक पिटर हिग्सले हिग्स बोसोनको बारेमा पहिलो पटक संसारलाई बताएका थिए । हाल ८३ वर्षका पिटर गड पार्टिकल पत्ता लागेको घोषणा हुँदै गर्दा आँसु झारेका थिए, आफ्नो जिवनकालमै हिग्स बोसोन भेटिएकोमा उनले खुसी व्यक्त गरे ।

गड पार्टिकलको खोजलाई यो शताब्दीकै सवैभन्दा महान खोज मानिएको छ । यसले थुप्रै नसुल्झिएका विषयलाइ सुल्झाइदिने बताइएको छ। यो कणको खोजीलाई भगवान भेटिएकोसंग तुलना गरिएको छ किन यो कण प्रत्येक वस्तुमा रहेको र प्रत्येक वस्तुको निर्माणमा मूख्य भुमिकामा रहेको विश्वास गरिन्छ ।

भिडियोमा हेर्नुहोस

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *