Home / Featured / ‘सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस’ योजनाको विजेता घोषणा

‘सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस’ योजनाको विजेता घोषणा

सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको भाद्र २९ देखि आश्विन २१ सम्मका बिजेताहरु घोषणा गरिएको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो ।

चाँदीको सिक्का विजेताका रुपमा शिव खनाल, बाल कुमार सुनुवार, सम्झना ढकाल, जनक माया लामा, रामवती सर्वरिया, निरु सुबेदी, प्रमिला गिरी, युकेश श्रेष्ठ, हेम कुमारी मगर, भक्त बहादुर तामाङ, दान माया राना मगर, फुल माया घलान, ओम सारी पुन , हिरा पुर्कुटी, लक्ष्मी घर्ति, रुक माया राई, आशिक गुरुङ र गङ्गा बहादुर पुन छनोट भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेताका रुपमा रुपेश राना मगर र उम्माया गुरुङ छनोट भएका छन् ।

लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको महान चाड दशैं तिहार र छठलार्र्ई लक्षित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेकोे छ । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिनसम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो ।

सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक  तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् । त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेतालाई ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टकोे क्विड आरएक्सएल कार जित्न सक्नेछन् ।

कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ । उपहार योजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कारोबार गर्ने दुबै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।

Check Also

अब अनलाइनबाट पनि एनसेलमा रिचार्ज

निजि मोबाइल सेवा प्रदायक कम्पनि एनसेलले नेपालमा पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ …

ओपोद्वारा ६ जीबी र्यामको ‘एफफाइभ रेड एडिशन’ सार्वजनिक

नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओपोले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *