Home / Featured / गुल्मीका प्रजिअ प्रदीपराज कँडेललाइ ‘इन्टिग्रीटी आइडल अवार्ड २०१५’

गुल्मीका प्रजिअ प्रदीपराज कँडेललाइ ‘इन्टिग्रीटी आइडल अवार्ड २०१५’

नेपालकै उत्कृष्ट कर्मचारीको सम्मान गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले पाएका छन् । जवाफदेहिता, पारदर्शीता र भ्रष्टाचार निवारणका क्षेत्रमा क्रियाशील अकाउन्टविलिटी ल्याब नामक गैर नाफा मुलक संस्थाले देशभरबाट गरेको अनलाइन भोटिङ तथा एसएमएसको आधारमा कँडेलले उत्कृष्ट कर्मचारीको सम्मान पाएका हुन् ।

integrity award
आइतबार एक बिसेष कार्यक्रमका बीच उप-प्रधान तथा गरिबी निवारण मन्त्रि चित्र बहादुर केसीले उक्त सम्मान कडेललाइ प्रदान गरिएको थियो ।

‘इन्टिग्रीटी आइडल’ नाम दिइएको यो सम्मानका लागि बर्दिया राष्ट्रिय निकुञ्जका सहायक व्यवस्थापन अधिकृत रमेशकुमार थापा, म्याग्दीको बेनी सामुदायिक उच्चमाबिका प्रधानाध्यापक दीपक श्रेष्ठ, सहयोगी उच्चमाबि श्रोत केन्द्र काठमाडौंका श्रोतब्यक्ति रामनारायण शाह र खोटाङका महिला विकास निरीक्षक भुवनकुमारी राई पनि अन्तिम पाँचमा परेका थिए ।

integriry award1

एकाउन्टिबिलिटी ल्याबले सरकारी कार्यालयमा रही निष्ठाकासाथ आफना कर्तव्य तथा दायित्वहरु निर्वाह गर्ने एक राष्ट्रसेवक इमान्दार शिक्षक र निजामति कर्मचारीलाई राष्ट्रिय सम्मान प्रदान गर्दै आएको छ ।
यो सम्मानका लागि यस वर्ष देशभरबाट ५५८ आवेदन परेका थिए । ती आवेदनहरु मध्येबाट पूर्वअख्तियार प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वविज्ञान तथा प्रविधि मन्त्री गणेश साह र ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष भरतबहादुर थापाको निर्णायकमण्डलले उत्कृष्ट ५ जनाको नाम चयन गरेको थियो । सम्मानित भएपछि प्रमुख जिल्ला अधिकारी कँडेलले सार्बजनिक सेवामा लाग्न अझै प्रेरित गरेको बताए ।

अवार्ड बिजेता प्रदिप राज कडेल
अवार्ड बिजेता प्रदिप राज कडेल

रौतहटको जुडेबेला पुर्ख्यौली घर भएका कँडेल २०४६ सालमा शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका थिए । कँडेल सोलुखुम्बुमा प्रमुख जिल्ला अधिकारी रहँदा ‘टच टु फाइन्ड’ अर्थात खोजेको कागजात तुरुन्तै भेटिने गरी कार्यालय व्यवस्थापनमा चुस्त अनि दुरुस्त बनाउने अभियान सुरु गरेका थिए ।

हाल काठमाडौंको घट्टेकुलोका स्थायी बासिन्दा कँडेल गुल्मीमा सरुवा हुनुअघि मोरङमा सहायक प्रमुख जिल्ला अधिकारी थिए । मोरङ सरुवा हुनु अघि उनी पाँचथरको प्रमुख जिल्ला अधिकारी थिए । पाँचथरमा रहँदा अपाङ्गता, जेष्ठ नागरिक र असहाय मैत्री कार्यकक्ष बनाएकामा एन्टेना फाउन्डेसनले उनलाई देशभरकै उत्कृष्ट प्रमुख जिल्ला अधिकारीको रुपमा सम्मान गरेको थियो ।

कँडेल सरल, इमान्दार, कार्यकुशल र स्थानीयसँग छिट्टै घुलमिल हुनसक्ने स्वभावका छन् । दुई महिनाअघि गुल्मी पुगेका कँडेलले टाढा-टाढाबाट नागरिकता बनाउन आएका गरिव नागरिकहरुलाई कपडा संकलन गरेर दिने गरेका छन् ।

यसअघि सन् २०१४ मा पाँचथरका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाललाइ ‘इन्टिग्रीटी आइडल’ को सम्मान प्रदान गरिएको थियो ।

बिजेता कडेलका बारेमा आयोजकले तयार पारेको भिडियो हेरौ |

 

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *