Home / CAN Infotech 2016 / साइबर सेक्युरिटीमा आइसिटी कन्फ्रेन्स आयोजना हुदै

साइबर सेक्युरिटीमा आइसिटी कन्फ्रेन्स आयोजना हुदै

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले वर्षेनी आयोजना हुदै आएको क्यान आइसीटी कन्फेरेन्स यस वर्ष २०७२ माघ १८ र १९ गते होटल याक एण्ड यति, दरबार मार्गमा हुन गई रहेको छ । यस संस्करणको कन्फेरेन्सको पनि शिर्ष प्रायोजक सुविसु रहेको हुनाले अफिसियल नाम नै “सुविसु क्यान आई.सी.टी कन्फरेन्स २०१६” रहेको छ ।

ICT-Conferance-for-mail-1

Cyber Security: Challenges and Solutions for Developing Economiesविषयमा दुई दिने १६औं अन्तराष्ट्रिय आइसिटी कन्फ्रेन्स आयोजना गरिनेछ । सो सम्मेलन क्यान महासंघ र ईन्टरनेट सोसाईटि नेपालले संयक्त रुपमा आयोजन गर्नेछन् । कन्फ्रेन्समा Critical Infrastructure and Protection, Combating Cyber security Incidents in Nepal, Security of e-Enable Services and Applications, Surveillance and Privacy का विषयवस्तुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुबाट कार्यपत्र पेश हुनेछन् ।

सो अवसरमा Cyber security Incidents In South Asia And Developing Regional Collaboration / Cyber Attacks In Financial Infrastructure In Nepal विषयमा प्यानल छलफल हुने कन्फ्रेन्सका संयोजक बाबुराम अर्यालले जानकारी दिए । कार्यक्रममा दक्षिण एसियाका बिज्ञहरुको उपस्थिति रहने क्यानका उपाध्यक्ष रोमकान्त पाण्डेले जानकारी दिए ।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *