Home / CAN Infotech 2016 / २ दिनमा १ लाख २५ हजारले अबलोकन गरे इन्फोटेक, आइतबार ‘बिजनेश डे’

२ दिनमा १ लाख २५ हजारले अबलोकन गरे इन्फोटेक, आइतबार ‘बिजनेश डे’

राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधिको कुम्भमेला क्यान इन्फोटेक २०१६ को दोश्रो दिन अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रहेको क्यान सचिवालयले जनाएको छ । इन्फोटेकको शुक्रवार पहिलो दिन ३९ हजार एक सय ७७ जनाले अवलोकन गरेकोमा दोश्रो दिन आज ८५ हजार २ सय ५ जनाले अवलोकन गरेको जारी विज्ञप्तीमा उल्लेख छ । दुइ दिनमा १ लाख २४ हजार ३ सय ८२ जनाले मेलाको अवलोकन गरिसकेका छन् ।

CAN - 2nd dayइन्फोटेकमा सहभागि कम्पनीहरुले आज नयाा नयाा प्रविधिजडित उत्पादनहरु आकर्षक स्किमका साथ सार्वजनिक गरेका छन । शनिवार विशेष गरी इन्टरनेट सेवा प्रदायक स्टलहरु, नेपाल टेलिकम, स्मार्टफोन र ट्याब्लेटका स्टलहरु, ल्यापटप/कम्प्युटरका स्टलहरुमा अलोकनकर्ताको भिड लागेको थियो । त्यसैगरी इन्भर्टर तथा ब्याट्रीका स्टलहरु, सफ्टवेयर तथा एन्टिभाइरसका स्टलहरु, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी लगायतका स्टलहरु आकर्षणको केन्द्र बन्यो ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी ११२ कम्पनीका १८८ स्टल रहेका छन । इन्फोटेक आगामी २० गतेसम्म संचालन हुनेछ ।

2nd day can

can 2nd aday2

आइतबार बिजनेश डे

भोलि अर्थात माघ १७ गतेलाई विजनेश डेको रुपमा घोषणा गरिएको छ । भोलिको लागि प्रवेश शुल्क रु १००/– तोकिएको छ । ईन्फोटेक अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा विद्यार्थीहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

ICT - setd
शुक्रबार भएको उद्घाटन कार्यक्रममा ‘लिभिंग विथ आइसिटी’ म्यागजिन र इन्फोटेक बिसेष पत्रिका पढ्दै अतिथिहरु

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *