Home / CAN Infotech 2016 / साइबर सेक्युरिटीमा केन्द्रित १६ औ आइसिटी सम्मेलन सुरु, अन्तरास्ट्रिय बिज्ञहरुको उल्लेख्य सहभागिता

साइबर सेक्युरिटीमा केन्द्रित १६ औ आइसिटी सम्मेलन सुरु, अन्तरास्ट्रिय बिज्ञहरुको उल्लेख्य सहभागिता

कम्प्युटर एसोसिएसन नेपाल महासंघ र ईन्टरनेट सोसाईटी नेपालको संयुक्त आयोजनामा राजधानीको दरवारमार्गस्थित होटल याक एण्ड यतिमा दुई दिने १६ औं आइसिटी सम्मेलन सुरु भएको छ । ‘साइबर सुरक्षा: आर्थिक विकासका लागि यसको चुनौती र समाधान’ विषयक सम्मेलनको सूचना तथा संचार मन्त्री शेरधन राईले उद्धघाटन गरेका हुन ।

ICT confrecenw1
सम्मेलनको उद्घाटन गर्दै मन्त्री राईले प्रविधिको विकाससागै विकृती पनि मौलाएकाले यसको समाधानका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै उनले बिश्वकै समस्याका रुपमा रहेको साइवर सेक्यूरिटी नेपालका लागि पनि टाउको दुखाईको विषय भएको र त्यसको समाधानका लागि सरोकारवाला निकायहरुसाग सहकार्य गरी सरकार अघि बढ्ने बताए । “साइवर सेक्यूरिटी र चूनौतीहरुको सामना गर्न क्यान महासंघ लगायत सरोकारवालाहरुसाग समन्वय गरी सरकारले ठोस पहल गर्नेछ ।” उनले भने ।

confrence3
प्रविधिको विकास र साइवर सेक्यूरिटीका लागि सरकारले ब्रोडब्याण्ड नीति, आइसिटी नीति बनाई सकेको जानकारी दिनुहुादै उनाले आर्थिक समृद्धिको यात्रामा सूचना प्रविधिलाई जोड्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
कार्यक्रममा सुविसु केवलनेटका अध्यक्ष सुधिर पराजुलीले सम्मेलन सफलताका लागि शुभकामना व्यक्त गर्दै साइवर सुरक्षाका लागि सवै मिलेर अघि बढ्नुपर्ने बताए ।

त्यस्तै क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालले नेपालमा साइवर सुरक्षाका लागि सरोकारवाला सवैसाग एकसाथ अन्तक्रिया गर्न सम्मेलन आयोजना गरिएको र यसले रणनीति निर्माणमा टेवा पुग्ने बिश्वास व्यक्त गरे । १२० जना भन्दा बढी सहभागि सम्मेलनमा इन्टरनेट कर्पाेरेशन फर एसाइन नेम्स एण्ड नम्वरर्स (आइक्यान) का डा. रिचार्ड ल्याम्ब प्रमुख वक्ताका रुपमा रहेका छन ।

ICT-Conferance-for-mail-1
सम्मेलनको पहिलो दिन पहिलो सत्रमा ‘क्रिटिकल इन्फ्रास्ट्रक्चर एण्ड प्रोटेक्टसन’विषयमा विषयविज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन । दोश्रो सत्रमा Combating Cyber security Incidents in Nepal विषयमा विषयविज्ञहरुले विभिन्न कार्यपत्र प्रस्तुत गरे । दोश्रो सत्र समापनसागै ‘Cyber security Incidents in South Asia and Developing Regional Collaboration’ विषयक प्यानल डिस्कसन समेत गरिएको छ । जसमा नेपालसहित, भारत, श्रीलंका र बंगलादेशका विषयविज्ञहरु सहभागि थिए ।

CaHqi0lUMAAxzET
सम्मेलनमा सहभागि र विषयविज्ञहरु बीच नेपालमा साइवर सेक्यूरिटी समस्या, चुनौती र समाधानका उपायहरुका बारेमा अन्तक्र्रियात्मक छलफल भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले आयोजित “सुविसु क्यान आई.सी.टी कन्फरेन्स २०१६” भोलिसम्म संचालन हुनेछ ।

live from ICt
सम्मेलनमा भोलि Security of E-enabled Services and Applications’ / ‘Surveillance and Privacy’  विषयमा विषयविज्ञहरुले विभिन्न कार्यपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम छ । आजको कार्यक्रमको ‘लिभिंग विथ आइसिटीले सोसियल मिडिया र वेबसाइटबाट ‘लाइभ’ अपडेट गरेको थियो । ‘लाइभ’ अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस : https://livingwithict.com/subisu-can-ict-conference-2016/

Check Also

ओप्पोको ‘दशैं स्क्र्याच एण्ड विन अफर’ का विजेताहरु पुरस्कृत

ओप्पोले ‘दशैं स्क्र्याच एण्ड विन अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंको कमलपोखरी …

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *