Home / CAN Infotech 2016 / ३ जिबी र्याम भएकाे माइक्रोम्याक्स क्यानभास ५ नेपाली बजारमा, मूल्य २१ हजार ५ सय रुपैयाँ

३ जिबी र्याम भएकाे माइक्रोम्याक्स क्यानभास ५ नेपाली बजारमा, मूल्य २१ हजार ५ सय रुपैयाँ

माइक्रोम्याक्सको नेपालस्थित आधिकारिक विक्रेता पशुपति ट्रेडलिंकले इन्फोटेकमा आफ्नो विशेष उपस्थिति जनाएको छ । उसले ल्याएको माइक्रोम्याक्स क्यानभास ५ मा अवलोकनकर्ताको प्रदर्शनीमा राखेको छ ।

१.३ गेगाहर्ज अक्टाकोर मेडियाटेक MT6753 प्रोसेसरबाट चल्ने यसको महत्वपूर्ण फिचर भनेको ३ जिबी र्‍याम र ८ जिबी रोम रहेको हो जसमा इन्टर्नल स्टोरेज १६ जिबी रहेको छ र ३२ जिबीसम्म माइक्रो एसडी कार्डले बढाउन सकिन्छ । माइक्रोम्याक्स क्यानभास ५ एन्ड्रोइड ५.१ बट सञ्चालित छ जसमा ननरिमुभेबल २९०० एमएएचको म्याराथुन ब्याट्री रहेकोछ ।

२ ओटा माइक्रो सिम सपोर्ट गर्ने यस फोनले Wi-Fi, GPS, Bluetooth, FM, 3G, 4G  सपोर्ट गर्दछ । उत्कृष्ट फिचरसहित आएको यो फोन सबैको पहुँचमा पुर्‍याउने उद्धेश्य कम्पनीको छ । क्यान इन्फोटेकको अवसर पारी माइक्रोम्याक्सले यो फोन २१  हजार ५ सय रुपैयाँमै उपलब्ध गराएको छ ।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *