Home / CAN Infotech 2016 / २२औं संस्करणको क्यान इन्फोटेक सम्पन्न, ३ लाख ६५ हजारले गरे अवलोकन

२२औं संस्करणको क्यान इन्फोटेक सम्पन्न, ३ लाख ६५ हजारले गरे अवलोकन

भूकम्प र देशको पछिल्लो संक्रमणकालीन परिस्थितिका बाबजुद पनि यस वर्षको क्यान इन्फोटेक विगतमा भन्दा भब्यताका साथ सम्पन्न भएको छ । आम सर्वसाधारणको दैनिक जनजीवन नै प्रभावित भइरहेको बेला इन्फोटेकमा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिताले सूचना प्रविधिप्रति आम सर्वसाधारणको चासो र जिज्ञासा बढेको क्यानले जनाएको छ ।rekha shah

सूचना तथा संचार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले कम्प्युटर एसोसिएन नेपाल महासंघद्वारा आयोजित ‘सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे’को गत माघ १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्धघाटन गर्नुभएको थियो ।

प्रदर्शनीको आज अन्तिम दिन पनि अवलोकनकर्ताहरुको उत्तिकै उत्साह र सहभागिता रह्यो । आज मात्रै ५२ हजार ४ सय ११ जनाले इन्फोटेकको अवलोकन गरेका छन् । यस वर्ष कुल ३ लाख ६३ हजार ४ सय ५६ जनाले इन्फोटेकको अवलोकन गरेका छन् ।

यसपटक सेलिब्रेटी, राजनीतिक दलका नेतृत्ववर्ग, नीति निर्मातालगायत बालकदेखि वृद्धसम्मका सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको थियो । यसले आम नेपालीमा सूचना प्रविधिको पंहुच विस्तार र नीति निर्माणमा योगदान पु¥याउने अपेक्षा महासंघका महासचिव विश्वराम बलामीले राखे ।subisu3

यसपटकको प्रदर्शनीमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा रक्षामन्त्री भिम रावल, सूचना तथा सञ्चार मन्त्री शेरधन राई, जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवान, विज्ञान प्रविधि मन्त्री शिवलाल थापा, सामान्य प्रशासनमन्त्री रेखा शाह, प्रधानन्यायधिस कल्याण श्रेष्ठ, मुख्य सचिव डा. सोमलाल सुबेदी, पुनरावेदन अदालत पाटनका मुख्य न्यायधिस डा. आनन्दनाथ भट्टराई, पूर्वमन्त्री अष्टलक्ष्मी शाक्य, पूर्वमन्त्री राधाकृष्ण मैनाली, एमाले नेताहरु प्रदिप ज्ञवाली र शंकर पोखरेल, नेता अमृत बोहोरा, एमाले सांसद पशुपति चौलागाई, एमाओवादी नेता कृष्ण बहादुर महरा र लोकेन्द्र विष्ट मगर, गायक प्रमोद खरेल, अभिनेत्री प्रियंका कार्कीलगायतले इन्फोटेकको अवलोकन गरेका थिए ।can 2nd aday2

अवलोकनकर्ताको उत्साहप्रद सहभागिता, उहाँहरुको प्रतिक्रिया र विशिष्ट व्यक्तित्वहरुको अमूल्य सल्लाह, सुझावले हामीलाई आगामी दिनहरुमा अझ प्रभावकारी ढंगले कार्यक्रमहरु संचालन गर्न ऊर्जा मिलेको छ । इ-पाल निर्माणलाई मध्यरनजर गर्दै स्मार्ट टेक्नोलोजी र डिजिटाइजेशनलाई प्राथमिकतामा राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न कम्पनीहरुले भित्र्याएको नयाँ नयाँ प्रविधि र उत्पादनले नेपालमा प्रविधिको विकास, विस्तार र प्रवद्र्धनमा टेवा पु¥याउने क्यानको ठम्याइ छ ।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *