Home / CAN Infotech 2016 / झापामा फागुन २१ देखि हुने क्यान इन्फोटेकको तयारी तीव्र

झापामा फागुन २१ देखि हुने क्यान इन्फोटेकको तयारी तीव्र

झापामा पहिलो पटक हुन लागेको सूचना प्रविधिको मेला ‘सुबिसु क्यान इन्फोटेक २०१६’ को तयारी तीव्र पारिएको छ । ८० प्रतिशत तयारी पूरा भएको जानकारी क्यान महासंघका केन्द्रीय सदस्य दीपेश पाठकले दिएका छन् । क्यान महासंघले काठमाडौंबाहेक देशका दुई सहरमा क्यान इन्फोटेकको आयोजना गर्ने कार्यक्रम ल्याएको थियो । यसअन्तर्गत फागुन २१ गतेदेखि झापामा र साेही मितिदेखि पाेखरामा इन्फोटेकको आयोजना हुँदैछ ।

CAN-federation
पाठकका अनुसार इन्फोटेकको तयारीस्वरुप स्टल बनाउने काम धमाधम भइरहेको छ । इन्फोटेकमा राखिने स्टलहरुमा ५०/५० प्रतिशत सहभागिता स्थानीय कम्पनी र बाहिरका इम्पोर्टरहरुको हुने कुरा पनि पाठकले बताए । इन्फोटेकको प्रचारका लागि स्थानीय रेडियो तथा पत्रपत्रिकाबाट सूचना प्रवाह भइरहेको कुरा पनि उनले बताए ।
यस इन्फोटेकको टाइटल स्पोन्सरमा सुबिसु रहेको छ भने असोसिएसन स्पोन्सरमा डिजिकम रहेको छ । क्यान महासंघले इन्फोटेकमा १ लाखभन्दा बढी अवलोकनकर्ताहरुको अपेक्षा गरेको छ । इन्फोटेका मुख्य आकर्षणहरुमा इन्टरनेट सेवा, मोबाइल, ल्यापटप, प्रिन्टर, नयाा सोलार प्रविधिहरु, सेक्युरिटी आइटमहरु, नयाा पावर ब्याकप प्रविधिहरु रहने छन् ।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *