Home / Featured / एनसेललाई ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्ड

एनसेललाई ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्ड

Ncellकात्तिक २५, काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यस वर्षको उत्कृष्ट दूरसञ्चार कम्पनी ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्डबाट सम्मानित भएको छ । एनसेललाई फ्रष्ट एण्ड सलिभनले काठमाडौंमा आयोजना गरेको ‘२०१६ नेपाल बेष्ट प्राक्टिसेस अवार्ड’ कार्यक्रममा उक्त अवार्ड बुधवार प्रदान गरेको हो । नेपाल बेष्ट प्राक्टिसेस् अवार्ड विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका नेपालका कम्पनीलाई प्रदान गरिएको थियो ।

गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए । ‘यो अवार्ड एनसेलको उदाहरणीय विकास र उत्कृष्ट कार्य सम्पादनको प्रमाण हो,’ पर्किन्सले भने ।

कम्पनीको वास्तविक बजार सम्पादन सूचक, समग्र विकास, नवीनता र नेपाली अर्थतन्त्रमा पुर्‍याएको योगदानलगायत मापदण्डभित्र रहेर अवार्ड पाउने कम्पनीको मूल्याङ्कन गरिएको थियो ।

सन् २०१६ मा एनसेलले पाएको यो तेस्रो पुरस्कार हो । गत फेबु्रअरीमा एनसेलले मोबाइल इन एमर्जेन्सी एण्ड ह्युम्यानिटेरियन सिचुयसन्स विधाअन्तर्गत जीएसएम एशोसिएशनले प्रदान गरेको ग्लोबल मोबाइल अवार्ड र गत महीना सिङ्गापुरमा फ्रष्ट एण्ड सलिभन नेपाल मोबाइल सेवा प्रदायक २०१६ सम्मान पनि पाएको थियो ।

Check Also

ओपो एफफाइभ सिक्स जीबी र यूथ सार्बजनिक

सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल ओपोले मंगलवार आफ्नो नयाँ मोडल …

शाओमिले लन्च गर्यो  ४,००० एमएएचको ठुलो ब्याट्री सहितको  रेडमी  ५ र रेडमी ५ प्लस

बिहिबार बेइजिंगमा सम्पन्न एक कार्यक्रममा स्मार्टफोन निर्माता कम्पनि  शाओमीले रेडमीको दुइवटा नयाँ मोडेल रेडमी  ५ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *