Home / Featured / एन्ड्रोइड फोनमा ओप्पोको छलाङ, सर्वाधिक विक्रि गर्न सफल

एन्ड्रोइड फोनमा ओप्पोको छलाङ, सर्वाधिक विक्रि गर्न सफल

सन् २०१७को पहिलो त्रैमासमा सर्वाधिक विक्रि हुन सफल एण्ड्रोइड स्मार्टफोन कुन हो ? धेरैको जवाफ सामसुङ, एलजी, हुआवे वा सियोमी हुने सम्भावना अधिक हुन्छ । तर, सोच विपरित यस पटक भने नतिजा निकै भिन्न आएको छ । रिसर्च फर्म स्ट्राटिजी एनालिटिक्सको प्रतिवेदन अनुसार यस पटक सर्वाधिक विक्रि हुन सफल फोनका रुपमा ओप्पोको आ९एस रहन सफल भएको छ । प्रतिवेदन अनुसार ८९ लाख प्रति फोन विक्रिका साथ ओप्पो सन् २०१७को पहिलो त्रैमासमा सर्वाधिक लोकप्रिय फोनका रुपमा स्थापित हुन सफल भएको छ ।

रिसर्च फर्म स्ट्राटिजी एनालिटिक्सका अनुसार पछिल्लो त्रैमासमा २ करोड १५ लाख प्रति फोन विक्रिका साथ एप्पलको आइफोन ७ सर्वाधिक विक्रि हुन सफल स्मार्टफोन रहेको थियो । १ करोड ७४ लाख प्रति विक्रिका साथ दोस्रो स्थानमा आइफोनकै सेवेन प्लस रहेको थियो । उक्त त्रैमासमा ओप्पोको आर९एस तेस्रो स्थानमा रहेको थियो भने चौथो स्थानमा सामसुङका मिड रेञ्ज फोनहरु ग्यालेक्सी जेथ्री ६१ लाख प्रतिका साथ चौँथौँ र ग्यालेकसी जे फाइभ ५० लाख प्रतिका साथ पाँचौँ स्थानमा रहेको थियो ।

स्ट्राटिजी एनालिटिक्सका अनुसार ओप्पो चिनिया बजारमा निकै लोकप्रिय रहेको छ । साथै, भारतिय बजारमा ओप्पोको बढ्दो विक्रिले मिड रेञ्ज ओप्पो आर९एसको विक्रिमा उल्लेख्य बृद्धि ल्याउन प्रत्यक्ष रुपमा सघाएको छ । यसैगरी सन् २०१६मा ग्यालेकसी जे३ र जे५को उच्च विक्रि हुँदा ग्यालेक्सी नोट सेभेन ‘रिकल’का कारण भएको क्षती न्यूनिकरणमा समेत सहयोग पुगेको सम्भावना बारेपनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समग्रमा प्रतिवेदनले सन् २०१७को पहिलो त्रैमासमा वैश्विक बजारमा ३५ करोड ३३ लाख फोन ढुवानी गरिएको दावी गरेको छ । पछिल्लो बर्षको सोही समयमा भएको ३३ करोड ३१ लाख फोन ढुवानीको तुलनामा यो ६ दशमलव १ प्रतिशतले बृद्धि भएको हो ।

Check Also

अब अनलाइनबाट पनि एनसेलमा रिचार्ज

निजि मोबाइल सेवा प्रदायक कम्पनि एनसेलले नेपालमा पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ …

ओपोद्वारा ६ जीबी र्यामको ‘एफफाइभ रेड एडिशन’ सार्वजनिक

नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओपोले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *