Home / Featured / हाम्रो पात्राले ल्यायो स्थानीय निर्वाचन विशेष नयाँ अपडेट, निर्वाचनका हरेक जानकारी मोबाइलमा

हाम्रो पात्राले ल्यायो स्थानीय निर्वाचन विशेष नयाँ अपडेट, निर्वाचनका हरेक जानकारी मोबाइलमा

अाज २० वर्षपछि स्थानीय निकायकाे निर्वाचन हुँदैछ । यसैलार्इ मध्यनजर गर्दै सर्वाधिक डाउनलाेड भएकाे नेपाली माेबाइल एप हाम्राे पात्राेले लाखौं प्रयोगकर्ताहरूसम्म सजिलै, सहजै पुग्न सकोस भन्ने उद्देश्यले स्थानीय निर्वाचन विशेष नयाँ अपडेट सार्वजनिक गरेको छ ।

यदि तपार्इको SmartPhone मा अटोमेटिक अपडेट छैन भने आजै अपडेट गर्नुहोस् तपार्इको क्षेत्रबाट निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक पार्टिको नाम, सहभागी उम्मेद्वारबारे विस्तृत जानकारी तथा मतगणनाका दौरान प्राप्त नजिता तत्काल हेर्न सक्नुहुनेछ ।

निर्वाचनका समय प्राप्त जरूरी सूचना, सामाचारको सम्प्रेषण तथा महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका, तथा गाउँपालिकाहरूमा अग्रता लिएका मेयर, उप-मेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वार, राजनीतिक पार्टिहरूको ताजा अवस्था तथा अन्तिम नतिजाबारे हरपलको जानकारी उपलब्ध गराइने छ ।

यसका अलावा जिल्ला अनुसारका दलहरू, दल अनुसारका उम्मेद्वारहरूका विवरण साथै मतदानको अन्तिम नतिजाका कुनै पनि पेजलार्इ आफूलार्इ मनपरेका सामाजिक सञ्जालहरूमा तत्काल सम्प्रेषण गर्न मिल्ने किसिमले तयार पारीएको छ ।

Check Also

गुगलले अब चाइनामा एआइ(आर्टिफिसियल इन्टेलिजेन्स ) सेन्टर खोल्ने  

गुगलले बुधबार  चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा …

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *