Home / Featured / सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) को अनुमतिपत्र खारेज गर्ने चेतावनी दिएको छ ।

मेगा ब्रोडकास्ट प्रालि, इस्टर्न नेटवर्कस प्रालि र सिम्पल मिडिया नेटवर्क प्रालिले अनुमतिपत्रको शर्त बमोजिम सेवा संचालन नगरेको भन्दै १५ दिनभित्र सेवा संचालन गरेको जानकारी गराउन निर्देशन दिएको छ ।

यसअघि पनि पटक पटक सूचना जारी गरेको भन्दै प्राधिकरणले नयाँ सूचनाको आधारमा कम्पनीहरुले अनुमतिपत्रको शर्त बमोजिम नियमानुसार सेवा संचालन गरी प्राधिकरणलाई जानकारी गराउन निर्देश गरेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७२/०७३ को बित्तीय बिवरण समेत प्राधिकरणमा पेश गर्न मौका प्रदान गरिएको सूचनामा उल्लेख छ ।

सार्वजनिक गरिएको सूचनाअनुसार सेवा तत्काल संचालन गर्न भनिएको छ । तत्काल सेवा संचालन गर्न नसके अनुमतिपत्र खारेजीको प्रकृया अगाडि बढाईने प्राधिकरणको चेतावनी छ ।

प्राधिकरण स्रोतले भने तीन वटै कम्पनीहरुले प्राधिकरणले दिएको अनुमतिपत्रअनुसार सेवा संचालन नगरेको र हालको अवस्थाको बारेमा जानकारी पनि नदिएको हुँदा खारेज नै गर्ने तयारी भएको जानकारी दिएको छ ।

सुचनाअनुसार मेगा ब्रोडकास्ट प्रालि, इस्टर्न नेटवर्कस प्रालि र सिम्पल मिडिया नेटवर्क प्रालिले इन्टरनेट (इमेलसहित) सेवाको अनुमति प्राप्त गरेका छन् ।

तीन वटा कम्पनीमध्ये मेगा ब्रोडकास्टले अघिल्लो वर्षको माघ महिनासम्म १,३७० वटा डायलअप सेवा प्रदान गरेको छ भने इस्टर्न नेटवर्कसले २०६ वटा केबल इन्टरनेट सेवा प्रदान गरिरहेको छ । अर्को कम्पनी सिम्पल मिडियाले भने अहिलेसम्म इन्टरनेट इमेल सेवा दिएको छैन् । सिम्पल मिडियाले सिम टिभीको ब्राण्डमा हाल डिजिटल टेलिभिजन सेवा प्रदान गरिरहेको छ ।

Check Also

टेलिकमले ल्यायो तिहार र छठका लागि आकर्षक अफर

नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा …

सेयरमा लगानी गर्न चाहनेलाई डेटा एनालिटिक्स सफ्टवेयर सार्बजनिक

सेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले मेरो लगानीको डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *