Home / Featured / शनिबार वर्डक्याम्प काठमाडौं २०१७ हुँदै, अन्तर्राष्ट्रिय स्पिकरहरु आउने

शनिबार वर्डक्याम्प काठमाडौं २०१७ हुँदै, अन्तर्राष्ट्रिय स्पिकरहरु आउने

यही मे २० (जेठ ६) शनिबार अायाेजना हुन लागेकाे वर्डक्याम्प काठमाडौं २०१७ काे सम्पूर्ण तयारी पूरा भएकाे जानकारी अायाेजकले दिएकाे छ । राजधानीको बबरमहलस्थित कार्की बैंक्विटमा वर्डक्याम्प अायाेजना हुनेछ ।

संसारको प्रख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने (Open source) सफ्टवेर ‘वर्डप्रेस (WordPress)’ सम्वन्धी एक दिने याे सेमिनार विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । नेपालमा भने सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह – वर्डप्रेस नेपालद्धारा वर्डक्याम्प पहिलोपटक आयोजना भई प्रत्येक वर्ष आयोजना हुँदै आएको छ ।

यो वर्डप्रेससम्बन्धी एक दिने कन्फरेन्स हो, जहाँ डेभलपर, डिजाइनर, वेब प्रोफेसनल, ब्लगर एवं वर्डप्रेस इन्थिजिएस्टहरुको उल्लेख्य सहभागिता हुनेछ । विश्वव्यापी रुपमा आयोजना हुने वर्डक्याम्प कन्फरेन्स नेपालमा विगतका संस्करणहरुमा ‘वर्डक्याम्प नेपाल’ को नाममा सञ्चालन हुँदै आएको थियो । यसपटककाे वर्डक्याम्प विशेष हुने अायाेजकले बताएकाे छ ।

कार्यक्रममा एउटा हलमा व्यवहारिक कार्यशाला र अर्कोमा सामुहिक छलफल र विभिन्न बिषयहरुका  बिज्ञहरु द्वारा प्रस्तुतीकरण हुनेछन । कार्यक्रम वर्डप्रेस मा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति/कम्पनि, सूचना प्रबिधिमा करियर बनाउन खोजेका बिधार्थी तथा वर्डप्रेस संग सम्वन्धित व्यक्ति हरु संग समन्ध निर्माणको लागि उपयुक्त हुने आयोजक कमिटीका अर्जुन सिंह ठकुरीले जानकारी दिए ।

कार्यक्रममा २५० जनाभन्दा बढीको सहभागिता रहने छ । कार्यक्रमलाई वर्डप्रेसमा काम गरेर सफल विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले प्रयोजन गरेका छन् ।

कार्यक्रममा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरु, साथै केहि विदेशी ख्यातिप्राप्त कम्पनीका वर्डप्रेस विज्ञले समेत अनुभव बाड्ने र विभिन्न बिषयमा प्रस्तुती दिने हुनाले वर्डक्याम्प को यो संस्करण महत्वपुर्ण हुने बताईएको छ ।

संसारभरी नै विभिन्न देश र शहरहरुमा हरेक बर्ष आयोजना हुने वर्डक्याम्पका विभिन्न संस्करणहरुले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने लाखौलाई जोड्ने र  यस क्षेत्रका आफ्नो पेशा / व्यवसाय शुरु गर्न चाहनेहरुको लागि मार्ग निर्देशन दिने गरेको जानकारी पनि ठकुरीले दिए ।

अन्तर्राष्ट्रिय स्पिकरहरु आउने
यस संस्करणको वर्डक्याम्प काठमाडौंमा वर्डप्रेससम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय स्पिकरहरु आउने छन् । यो अवसरमा काट क्रिस्टोफरले How WordPress Made My Dreams Come True, सिद्दार्थ अशोकले Optimizing WordPress for Speed & Performance, मुहम्मद अदनानले Getting started with React, हर्षद् मेनले Unit Testing for WordPress, जेरेमी मेरी From Passion to Profits र रिच काेलिएरले Coding With Jetpack विषयमा अनुभव बाड्ने र विभिन्न बिषयमा प्रस्तुती दिने छन् ।

वर्डक्याम्पकाे अफिसियल मिडियामा लिभिङ विथ अाइसिटी रहेकाे छ ।

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *