Home / Featured / एनसेल लाभकर प्रकरण : के अब अन्त्य भएकै हो ?

एनसेल लाभकर प्रकरण : के अब अन्त्य भएकै हो ?

बहुचर्चित एनसेल लाभकर प्रकरण पछिल्लो समय झनै चर्चामा छ । पुँजीगत लाभकर कुनै हालतमा नतिर्ने बताउँदै आएको एनसेल अन्ततः आफ्नो अडानबाट पछि हट्यो । ठूला करदाता कार्यलयको निर्देशनबमोजिम आइतवार विक्रेताका तर्फबाट थप अग्रिम करबापत १३ अर्ब ६० करोड रुपैयाँ दाखिला गरेसँगै अब करको विषय टुङ्गिएको निष्कर्ष एनसेलको छ ।

एनसेल नेपालकै ठूलो करदाता हो । पूर्व लगानीकर्ता टेलियासोनेरा नर्वे नेपाल होल्डिङले गरेको अप्रत्यक्ष सेयर विक्रीसँग सम्बन्धित करको विषयले पछिल्लो वर्ष निकै प्राथमिकता पायो । टेलियाले गत चैतको अन्त्यतिर एनसलेमा रहेको आफ्नो ८० प्रतिशत शेयर स्वामित्व १ खर्ब ३६ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीमा मलेशियन कम्पनी एक्जिएटालाई विक्री गरेको थियो । एनसेलले सो कारोबारमा लाग्ने पूँजीगत लाभकर मध्येको १५ प्रतिशत रकम चुक्ता गरेको हो ।

कम्पनीले हालसम्म गरेको कुल अग्रिम कर दाखिलाको आधारमा ठूला करदाता कार्यलयबाट आइतवार आयकर ऐन २०५८ को दफा ९५ (क) बमोजिम अग्रिम कर दाखिलाको निर्देशन पूर्णरूपमा पालना गरेको प्रमाणीकरण सहितको पत्र प्राप्त भएको बताएको छ ।

नेपालमा निरन्तर सेवा प्रदान गरिरहने प्रतिबद्धता स्वरूप कारोबारमा आफू संलग्न पक्ष नरहे पनि कर दाखिला गरी सो विषयलाई टुङ्गोमा पु¥याएको कम्पनीकोे भनाइ छ । एनसेलले सधैं नेपालका कानूनको परिपालना गर्दै आएको एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले बताएका छन् । ‘करको विषय निराकरणमा नेपाल सरकार तथा ठूला करदाता कार्यालयबाट प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछौं,’ उनले भनेका छन्, ‘यससँगै एनसेलले अब आफ्नो ध्यान निर्वादरूपमा लगानी तथा सेवा विस्तारमा लगाउन पाउनेछ ।’

एनसेलले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ३ दशमलव २ प्रतिशतको योगदान र्पुयाउँदै आएको दाबीसमेत प्रस्तुत गरेको छ । सन् २०१६ मा कम्पनीको सञ्चालन तथा पूँजीगत लगानी २५ अर्ब ८० करोड रुपैयाँभन्दा बढी रहेको छ । आफ्नो व्यवसाय सञ्चालनमार्फत एनसेलले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा करीब १ लाख १० हजार रोजगारी प्रदान गरेको बताएको छ ।

एनसेल यस कारोबारको संलग्न पक्ष नरहे पनि र कम्पनीले उक्त कारोबारमा कुनै भुक्तानी नगरे तथा प्राप्त नगरेता पनि कम्पनीले कर दाखिला गरी यस विषयलाई टुंगोमा र्पुयाउनु कम्पनीको नेपालमा निरन्तर सेवा प्रदान गर्दै योगदान गरिरहने प्रतिवद्धताको एक पाटो रहेको दावी गरेको छ ।

‘एनसेलले सधैँ नेपालको कानुनको परिपालना गरेको छ, आफ्नो कर दायित्वको परिपूर्तिका सम्बन्धमा प्रत्येक पटक सुशासन तथा परिपालनाको उच्च मापदण्ड अभ्यास गरेको छ’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले विज्ञप्तीमार्फत भने ।

यता एनसेलले पुँजीगत लाभकरको १५ प्रतिशत बराबर हुने रकम दाखिला गरेपछि ठूला करदाता कार्यालयले बाँकी १० प्रतिशतका लागि बिक्रेता (टेलिया, स्विडेन) लाई कर निर्धारण गर्ने तयारी थालेको छ । एनसेलले सोमबार थप रकम दाखिला गरेपछि कर असुली प्रक्रिया सजिलो र निर्विवाद भएको सम्बद्ध अधिकारीले बताएका छन्।

‘बिक्रेता टेलियालाई कर निर्धारणका लागि १५ दिनको सूचना छिट्टै पठाउँछौं’, सम्बद्ध अधिकारीले भने । एनसेलले १३ अर्ब ६० करोड रुपैयाँ सोमबार दाखिला गरेको थियो जसमा ११ अर्ब २० करोड रुपैयाँ कर हो भने बाँकी वैशाखदेखि अहिलेसम्मको ब्याज । यसअघि उसले गत वर्षको वैशाखमा ९ अर्ब ९६ करोड रुपैयाँ दाखिला गरेको थियो।

Check Also

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा एजुकेशन सेमिनार शुरु

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा आजबाट क्याम्ब्रिज इण्डिया, अष्टे«लिया एजुकेशन सेमिनार शुरु भएको छ । …

केएल मोबाइल हब सञ्चालनमा, मोबाइल एक्स्पो सरु

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *