Home / Featured / साइबर हमलामा उत्तर कोरियाली ह्याकरको हात

साइबर हमलामा उत्तर कोरियाली ह्याकरको हात

बिबिसीले लेखेको एक समाचारअनुसार गत महिना भएको अहिलेसम्मकै ठूलो साइबर हमलामा उत्तर कोरियाको हात रहेको तथ्य एक अनुसन्धानले देखाएको छ ।

विश्वका शक्तिशाली रास्ट्रसहित करिब १ सय  ५० देशका कम्प्युटर सिस्टममा भएको साइबर आक्रमणमा उत्तर कोरियाली ह्याकरहरूको हात रहेको तथ्य बेलायतको नेसनल साइबर सेक्युरिटी सेन्टरले गरेको अन्तर्राष्ट्रिय अनुसन्धानबाट खुलेको हो ।

सुरक्षा स्रोतहरूले बीबीसीलाई बताएअनुसार लाजारस नामक ह्याकिङ समूहले उक्त आक्रमण गरेको सेन्टरको विश्वास छ ।अमेरिकाको कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टीमले पनि लाजारसले नै गरेको हुन सक्ने बताएको थियो ।

तर यो समूहले यस घटनाको जिम्मा भने लिएको छैन ।

यो समूहले वान्नाक्राई नामक रेन्समवेयरमार्फत संसारभरिका कम्प्युटर सिस्टममा आक्रमण गरेर रकम फिरौती मागेको अनुसन्धान बताउँछ  ।

Check Also

ओप्पोको ‘दशैं स्क्र्याच एण्ड विन अफर’ का विजेताहरु पुरस्कृत

ओप्पोले ‘दशैं स्क्र्याच एण्ड विन अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंको कमलपोखरी …

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *