Home / Featured / काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको आइसिटी सम्मेलन ‘एनपिएनओजी-२’ सम्पन्न

काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको आइसिटी सम्मेलन ‘एनपिएनओजी-२’ सम्पन्न

इन्टरनेट सेवाप्रदायक एवं सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका इन्टरनेट एक्सचेन्ज नेपाल र नेपाल नेटवर्क अपरेटर्स ग्रुपले राजधानीमा इन्टरनेट प्रोटोकलसँग सम्वन्धि चार दिने कार्यशाला सम्पन्न गरेका छन् ।

दोस्रो संस्करणकाे एनपिएनओजी सम्मेलनमा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक व्यक्तिहरुका साथै प्रविधिको अनुसन्धान एवं शिक्षण संलग्नहरु बिच यसक्षेत्रमा विश्वमा भइरहेका उत्कष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदानप्रदान भएको छ ।

आइपिभि४/आइपिभि६, नेटवर्क मनिटरिङ एण्ड डिजाइन र अप्टिकल फाइवर नेटवर्क डिजाइन गरि तिन भागमा सम्मेलनलार्इ बाँडिएको थियो, जहाँ ११५ जना टेक्निकल विद्यार्थी र प्रोफेसनलहरु सहभागि थिए।

इन्टरनेटको इन्फ्रास्टक्चर, आइएस्पी, बैङ्क, सरकार र आइसिटी प्रोफेसनलहरुको भोगेका चुनौति, सम्भावना र सफलताका कथाहरु कार्यशालामा सुनाइयो।

चाैथाे दिन अाइतबार हाेटल मल्लमा अायाेजित कार्यक्रममा प्रमुख अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले देशैभर अप्टिकल फाइबर विस्तार गर्न कार्ययाेजना बनाएर काम गरिरहेकाे जानकारी दिए । उनले सरकारले नगदरहित कारोबारमा आधारित ‘मोबाइल मनी’ प्रविधि साउनदेखि प्रयोगमा ल्याउने तयारी गरेको पनि जानकारी दिए । प्राधिकरण र नेपाल राष्ट्र बैंकको संयुक्त पहलमा ‘मोबाइल मनी’ प्रयोगमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

कार्यशालामा की नाेट स्पिकर फेसबुकका म्याट जोनसेनले आफ्नो कम्पनीले कसरी चाँडै  प्रगति हासिल गर्यो र कसरी नेटवर्क म्यानेज गर्ने भन्ने विषयमा प्रस्तुति दिएका थिए। यस्तै नोकिया, सिस्को, जुनिपर, टाटा टेलिकम्युनिकेसन र एसिया प्यासिफिक टेलिकम्युनिकेसन युनियन लगायतका संस्थाको पनि सहभागिता थियो।

एनपिएनओजीका अध्यक्ष समित जनका अनुसार यो कार्यक्रमले सूचना तथा संचार प्रविधिकोविश्वस्तरीय ज्ञान आदानप्रदान गर्दै नेपालमा यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने प्रयास गरेकाे छ ।

कार्यक्रमको सहआयोजकको रुपमा इन्टरनेट एक्सचेञ्ज नेपाल रहेको छ भने कार्यक्रमलाईदुरसंचार प्राधिकरण, कम्प्युटर महासंघ, इन्टरनेट सेवा प्रदायक संघ, एनआरइएन रआईएसओसीले साथ दिएका थिए ।

Check Also

केएल मोबाइल हब सञ्चालनमा, मोबाइल एक्स्पो सरु

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ । …

एनसेलले ‘योण्डर क्याराओके प्रतियोगिता’ आयोजना गर्ने

एनसेल प्राइभेट लिमिटेडले गीत–संगीतका पारखीहरुलाई आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै हरेक हप्ता …

Leave a Reply

Your email address will not be published. Required fields are marked *