Home / Featured / सुबिसु क्यान कमटेक २०१७ को सम्पूर्ण तयारी पुरा, सञ्चारमन्त्री बस्नेतले उद्घाटन गर्ने

सुबिसु क्यान कमटेक २०१७ को सम्पूर्ण तयारी पुरा, सञ्चारमन्त्री बस्नेतले उद्घाटन गर्ने

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा आज विहिबारदेखि चार दिनसम्म दोस्रो संस्करणको सुबिसु क्यान कमटेक २०१७ हुँदै छ । प्रदर्शनीको सम्पूर्ण तयारी सकिएको जानकारी आयोजकले दिएको छ ।

कमटेकको औपचारिक उद्घाटन नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले गर्ने्छन् । विहान ११ बजे भृकुटीमण्डपस्थित नेपाल टुरिजम बोर्डको हलमा उद्घाटन समारोह आयोजना गरिएको छ ।

कमटेकमा सुचना र सञ्चार क्षेत्रका विभिन्न कम्पनीका ८७ स्टलहरुको प्रदर्शनी रहनेछ ।

विश्व विख्यात स्वदेशी तथा विदेशी सर्भिसेस एण्ड सोलुशनस् र ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी सम्बन्धी कम्पनीहरुले भाग लिने क्यान कमटेक २०१७ को टाइटल स्पोन्सर सुबिसु केबलनेट प्रा.लि. रहेको छ । त्यस्तै डायमण्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा एस.पावर र फाल्कोन इन्टरनेश्नल छन् भने प्रिन्ट स्पोन्सरमा नभिन डिस्ट्रीव्युटर्स रहेको छ ।

कस्ता स्टल रहनेछन् ?
कमटेकमा ईन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी र सोलुसन, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु रहनेछन् ।

हाइ स्पिड इन्टरनेट मुख्य आकर्षण रहने
त्यस्तै यस संस्करणको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई जोड दिइएको छ, जसअन्तर्गत ब्रोडब्याण्ड ईन्टरनेट सेवामा विशेष सहुलियत सहित हाइ स्पिड इन्टरनेट प्रमुख आकर्षण रहेको छ ।

सेक्युरिटी शोलुसन्सको छुटटै प्याभेलियन
यस पटकको प्रदर्शनीमा सेक्यूरिटी सोलुशन्स कम्पनीहरुका लागि छुट्टै प्याभेलियनको व्यवस्था गरिएको छ । जसलाई Electronic Security तथा Safety and Solution भन्ने गरिएको छ । उक्त प्याभेलियनमा अबलोकनकर्ताहरुले ectronic Security तथा Safety and Solution का उपकरणहरु जस्तै CCTV, Access Control System, Sensor and Alarm, Staff Attendance, Fire and Smoke Detector, Fire Fighter आदि रहने छन ।

अनलाइनबाटै टिकेट किन्न सकिने
कमटेक मेला आउने अवलोकनकर्ताको सुविधालाई ध्यानमा राखी आयोजकले अनलाइन टिकेटिङको व्यवस्था गरेको छ । यसका लागि ई-सेवासँग सहकार्य गरिएको छ ।

विद्यार्थीलाई ५० प्रतिशत छुट
सुविसुक्यान कमटेक२०१७ अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु. ५० र विद्यार्थीहरुलाई रु २५ तोकिएको छ । साथै कलेज तथा स्कुलकाविद्यार्थीहरु सम्बन्धित कलेज तथा स्कुलको पत्र सहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिनेछ ।

 

Check Also

वल्र्डलिंकले ल्यायो इन्टरनेट रिफर गर्नेलाई स्मार्टफोन र निशुल्क टिभी हेर्ने अफर

लामो समयदेखि इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान …

सामसुङ गियर एस ३ फ्रन्टायर नेपालमा  

केहि महिना यता सामसुंगले नयाँ गियर एस ३ फ्रन्टायर स्मार्टवाच नेपालमा ल्याएको छ । ४६ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *