Home / Featured / सीजी र हिम इलेक्ट्रोनिक्सले गरे ठूलो मात्रामा राजस्व छली

सीजी र हिम इलेक्ट्रोनिक्सले गरे ठूलो मात्रामा राजस्व छली

सीजी इलेक्ट्रोनिक्स र हिम इलेक्ट्रोनिक्सले ठूलो मात्रामा राजस्व छली गरेको फेला परेको छ ।

यी दुई कम्पनीसँगै अन्य केही साना कम्पनीले टेलिभिजन र त्यसका मर्मत सामग्री पैठारीका क्रममा दरबन्दी फरक पारी ६५ करोड ५५ लाख राजस्व छली गरेको फेला परेको हो ।

आर्थिक ऐनका विभिन्न अनुसूची मिच्दै विभिन्न पाँचवटा नाकाबाट मालसामान पैठारी गर्दा भन्सार जाँचपासका क्रममा नियमविपरीत घटी कर असुल र दरबन्दी फरक पार्दै राजस्व छली भएको महालेखा परीक्षक कार्यालयको ५४ औं प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आर्थिक ऐन, २०७२ मा उल्लिखित अन्तःशुल्क ऐन, २०५८ को दफा ३ सँग सम्बन्धित अन्तःशुल्क असुल गर्नुपर्नेमा विराटनगर, वीरगञ्ज सुख्खा बन्दरगाह र भैरहवासमेत चारवटा भन्सार कार्यालयबाट विभिन्न पैठारीकर्ताले पैठारी गरेको टेलिभिजन, फिलरमास्टर, ब्याच, थिनर लगायतका मालसामान अन्तःशुल्क असुल नगरेको वा घटी असुल गरेको अनि ३३ करोड ७२ लाख महशुल कर असुल गर्नुपर्ने प्रतिवेदनको ५२ औं नम्बर बुँदामा उल्लेख छ ।

त्यसमध्ये आर्थिक ऐन २०७२ को अनुसूची १ को दफा १४ (३)(प) मा टेलिभिजन एसेम्बल गर्ने उद्योगहरूले टेलिभिजन जडानका लागि आवश्यक पाटपूर्जा पैठारी गर्न छुट्टै दरबन्दी व्यवस्था गरेको छ ।

महालेखाको प्रतिवेदनअनुसार विराटनगर, वीरगञ्ज सुख्खा बन्दरगाह र भैरहवा भन्सार कार्यालयबाट सो विशेष दरबन्दी प्रयोग नगरी मर्मत प्रयोजनका लागि पाटपूर्जा  पैठारी गर्दा प्रयोग हुने दरबन्दी प्रयोग गरेपछि छुट भएको ३१ करोड ८३ लाख राजस्व छुट भएको देखिएको छ ।

भन्सार दरबन्दी पुस्तिकामा उल्लेखित संकेत नम्बरअनुसार मालवस्तुको यथार्थ संकेत निश्चित गरी जाँचपास गर्नुपर्नेमा विभिन्न मालवस्तु विभिन्न पैठारीकर्ताले पैठारी गर्दा घटी राजस्व असुल गरिएको प्रतिवेदनमा उल्लेख छ ।

Check Also

वल्र्डलिंकले ल्यायो इन्टरनेट रिफर गर्नेलाई स्मार्टफोन र निशुल्क टिभी हेर्ने अफर

लामो समयदेखि इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान …

सामसुङ गियर एस ३ फ्रन्टायर नेपालमा  

केहि महिना यता सामसुंगले नयाँ गियर एस ३ फ्रन्टायर स्मार्टवाच नेपालमा ल्याएको छ । ४६ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *