Home / Featured / ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा चौधरीले पाए मोटरसाइकल उपहार

ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा चौधरीले पाए मोटरसाइकल उपहार

‘दशैंतिहारको बहार ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा उपहार नै उपहार’ योजनाअन्तर्गत पहिलो मोटरसाइकल शसेन्द्रविक्रम चौधरीले पाएका छन् । उनले ताम्राकार कम्प्लेक्समा १५ हजार पर्ने एमआइको एवान ४ ए मोबाइल किनेका थिए ।

दैनिक मोबाइल, पावर बैंक र अन्य एशोसरिज लक्की ड्रबाट बितरण गर्दै आएको ताम्राकार मोबाइलले राखेका ३ वटा बम्पर उपहारमध्ये एउटा मोटरसाइकल लक्की ड्रमा खोलिएको हो ।

विभिन्न उपहारको बहार ल्याएको ताम्राकार मोबाइल कम्प्लेक्सको अन्य २ वटा मोटरसाइकल र स्कुटर भने दिपावली पछाडी लक्की ड्रमार्फत खोलिने मोबाइल ब्यापार संघ, ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले बताए । दैनिक २ वटा मोबाइल लक्की ड्र मार्फत बितरण गरिरहेको यो बजारले साप्ताहिक रुपमा ३२ इन्चको सामसुङ टेलिभिजन पनि बितरण गरिरहेको छ ।

अहिलेसम्म ताम्राकारमा मोबाइल खरिद गर्नेमध्ये २६ वटा स्मार्टफोन, ४० वटा पावर बैंक, ४० वटा ब्लुतुथ एअरफोन बितरण गरिसकिएको मोबाइल ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले जानकारी दिए । बम्पर पुरस्कार बिजेता चौधरीलाई मेलामा मुख्य प्रायोजन रहेको लेनेभो र मोटोरोला मोबाइलका सिइयो शुशिल न्यौपानेले बाइकको चाबी हस्तान्तरण गरेका थिए ।

भदौ २२ गतेबाट सरु भएको मेलाको दोस्रो हप्ता सम्म १५ हजार ५ सय भन्दा बढी मोबाइल सेटको कारोबार भएको बताउँदै अध्यक्ष साउदले २२ करोड ४० लाख बढीको कारोबार भएको जानकारी दिए । मेलाको दोस्रोहप्ता सम्म ६० हजार बढी अबलोकनकर्ता आएको अनुमान आयोजकको छ ।

व्श्विासिलो मोबाइल बजारको ख्याती कमाएको ताम्राकार मोबाइल बजारले ग्राहकको सामुन्नेमा नै लक्की ड्र गर्दै आएको छ । मोटरसाइकल बिजेता चौधरी, टेलिभिजन बिजेता र मोबाइल बिजेताहरुलाई बिहिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको मोबाइल ब्यापार संघका सचिव गुरुदत्त शर्माले बताए ।

छठ पर्वसम्म जारी रहने यो मेलामा अझैं सयौं मोबाइल, पावर बैंक, ब्लुतुथ एअरफोन र टेलिभिजन बाँकी रहेको बजारले जनाएको छ ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *