Home / Featured / सेयरमा लगानी गर्न चाहनेलाई डेटा एनालिटिक्स सफ्टवेयर सार्बजनिक

सेयरमा लगानी गर्न चाहनेलाई डेटा एनालिटिक्स सफ्टवेयर सार्बजनिक

सेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले मेरो लगानीको डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ । सेयरमा लगानी गर्न चाहने नागरिकलाई सम्बन्धित कम्पनीका बारेमा सत्यतथ्य जानकारी दिने लक्ष्यका साथ उक्त सफ्टवेयर विकास गरिएको हो ।

एस्ट्रिक टेक्नोलोजीले निर्माण गरेको उक्त सफ्टवेयरले सेयरमा लगानी गर्न चाहनेलाई कम्पनीको आर्थिक अवस्था, बजार मूल्य, नाफा घाटा तथा सम्बन्धित कम्पनीको सम्पूर्ण विवरण लगानीकर्तालाई जानकारी दिनेछ ।

उक्त सफ्टवेरमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत सबै कम्पनीको विगत पाँच वर्ष यताको सबै तथ्यांक राखिएको छ । सफ्टवेयर प्रयोगकर्ताले आफूले चाहेबमोजिमको तथ्यांक उक्त सफ्टवेयरबाट लिनसक्ने एस्ट्रिक टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अतितलाल श्रेष्ठले जानकारी दिए । तर उक्त सफ्टवेयर भने लगानीकर्ताले ३  हजार ५०० मा खरिद गर्नुपर्ने हुन्छ ।

उक्त सफ्टवेयरको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गरे । अर्थमन्त्री कार्कीले डेटा एनालिटिक्स सफ्टवेयरले सेयर बजारका लगानीकर्तालाई सूचीकृत कम्पनीका बारेमा विश्लेषण गरी लगानीसम्बन्धी निर्णय लिन सहयोगी हुने विश्वास व्यक्त गरे।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

2 comments

  1. many2 thanx for strict technology. this software where available please contact details.

  2. Krishna bhandari

    Please contact mobile no 9851029061

Leave a Reply

Your email address will not be published. Required fields are marked *