Home / Featured / साइबर अपराध र नेपालको बैंकिङ क्षेत्र विषयक वर्कसप सम्पन्न

साइबर अपराध र नेपालको बैंकिङ क्षेत्र विषयक वर्कसप सम्पन्न

इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालको आयोजनामा एकदिने साइबर अपराध र नेपालको बैंकिङ क्षेत्र विषयक वर्क‘सप सम्पन्न भएको छ । पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा देखापरेका चुनौतीबारे वृहत् छलफल भएको सो वर्कसपमा विशेषगरी बैंकिङ क्षेत्रका सहभागीहरु थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्रकुमार मीश्रले सूचना सुरक्षा जटिल विषय बनिरहेकाले यसको न्यूनिकरणको अभियानमा विभागको सधै साथ रहने भनाइ राखे ।

कार्यक्रम विभिन्न विषयमा ५ विषयविज्ञले आफ्नो अनसुन्धान पत्र पेश गरेका थिए । यसअन्तर्गत डा. प्रमोद पराजुलीले Risk-Based Approach: Why compliance is not enough?, रामकृष्ण परियारले ल्भतधयचप Network Infrastructure Security, श्रीदीप रायमाझीले Cyber Security and Current Issues, अवर्तन ढकालले Security Community Researcher of Nation र नवीन केसीले Cyber Security GAP on Banking Sector विषयमा प्रेजेन्टेशन दिएका थिए ।

Check Also

गुगलले अब चाइनामा एआइ(आर्टिफिसियल इन्टेलिजेन्स ) सेन्टर खोल्ने  

गुगलले बुधबार  चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा …

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *