Home / Featured / हाम्रो उद्देश्य ग्राहकको इन्टरनेट अनुभवलाई उत्कृष्ट बनाउनु हो : प्रवीण श्रेष्ठ

हाम्रो उद्देश्य ग्राहकको इन्टरनेट अनुभवलाई उत्कृष्ट बनाउनु हो : प्रवीण श्रेष्ठ

प्रवीण श्रेष्ठ
प्रमुख, बिजनेस विभाग, क्लासिक टेक प्रा. लि. 

नेपालमा इन्टरनेटको विस्तार र विकासक्रमलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
हाम्रो देशमा इन्टरनेटको विकासक्रम लगभग सन् १९९७ देखि नै भएको हो । यसभन्दा अघि सन् १९९४ को बीचतिर इमेल आदानप्रदानको सुविधा उपभोग भएको थियो । पहिले डाएल–अप कनेक्सनबाट चल्ने इमेल र इन्टरनेट हालको हाई स्पिड एटिटिएचको अवस्थामा पुग्नु भनेको प्रविधिको समयसापेक्ष उपयोग गरेर जस्तो लाग्छ । सन् २००५ तिरमा ३२ केबिपिएसको अनलिमिटेड इन्टरनेट सेवाले पनि ब्रोडब्यान्डकै रुपमा हेरिन्थ्यो र त्यसको मूल्य प्रतिमहिना रु. ३ हजार थियो र हाल क्लासिकटेकको १०० एमबिपिपएसको मूल्य सो भन्दा कम भइसकेको छ । मूल्य, प्रविधि मात्रै होइन, ग्राहकले इन्टरनेट उपभोग गर्ने तरिकामा पनि ठूलो परिवर्तन आइसकेको छ । मलाई याद छ, कुनै बेला मानिसहरु इन्टरनेट चलाउन रातिको १० कहिले बज्ला भनेर कुर्ने गर्थे । किन भने टेलिफोनको बिल रातिको समयमा सस्तो हुने गथ्र्यो । तर अहिले नेपालीहरु २४ घन्टै गुणस्तरीय इन्टरनेटको माग राख्छन् ।

नेपाली कन्टेन्ट नेपालमै होस्ट हुन थालेको र विदेशी सर्भरहरु पनि सेवा प्रदायकहरुले नेपालमै होस्ट गराउन थालेकाले पनि नेपालमा इन्टरनेट सेवा सस्तिँदै गएको हो । साथै प्रविधिको सुलभता र सेवाप्रदायकहरुको उच्चकोटीको सेवाले गर्दा नै हो जस्तो लाग्छ ।

सहज उपलब्धतासँगै पछिल्लो समय नेपालमा इन्टरनेट सस्तो हुँदै गएको देखिन्छ, यसको खास कारण के हाे ?
इन्टरनेट कुनै एक ठाउँमा उत्पादन भएर संसारभरि वितरण हुने सेवा होइन । यो बस् एउटा सञ्जाल हो, जहाँ कन्टेन्टको आदानप्रदान हुन्छ । नेपाली कन्टेन्ट नेपालमै होस्ट हुन थालेको र विदेशी सर्भरहरु पनि सेवा प्रदायकहरुले नेपालमै होस्ट गराउन थालेकाले पनि नेपालमा इन्टरनेट सेवा सस्तिँदै गएको हो । साथै प्रविधिको सुलभता र सेवाप्रदायकहरुको उच्चकोटीको सेवाले गर्दा नै हो जस्तो लाग्छ ।

प्रतिएमबी ४० डलरमा तपाईंहरूले खरिद गर्ने ब्यान्डविथ लगभग १५ डलरमा झरेको छ, योअनुसार नेपाली बजारमा इन्टरनेट सस्तो भएको त देखिन्न नि ?इन्टरनेट सेवा भनेको खर्चिलो सेवा हो । ब्यान्डविथ पो सस्तो भएको हो । तर, ग्राहहको स्पिडको माग बढ्दोे छ । केही वर्ष अगाडिसम्म ५१२ केबिपिएसलाई हाइ स्पिडका रुपमा लिइन्थ्यो र अहिले हाम्रो अधिकतम ग्राहकले १५ एपबिपिएस प्लान चलाउँछन् र पैसा पहिलेको ५१२ केबिपिएसभन्दा सस्तो छ । साथै यसमा निहित प्रविधि, प्रविधिमा आउने परिवर्तनको लगानी, ग्राहक सेवामा लाग्ने बढ्दो खर्च तथा करहरु त सस्तो भएको छैन नि !

इन्टरनेट अहिले अत्यावश्यक विषय भएको छ, ग्राहकको डिमान्ड बढिरहेको अवस्थामा तपाईंहरूले सेवा र सुविधा कसरी अपग्रेड गरिरहनुभएको छ ?
हाम्रो मुख्य उद्देश्य भनेको नै ग्राहकको इन्टरनेट अनुभवलाई उत्कृष्ट बनाउनु र दुरुस्त राख्नु हो । हामीले इन्फ्रास्ट्रक्चर र सिस्टममा विशेष ध्यान पु¥र्याएका छौँ । जसले गर्दा हामी आज दुई दशकभन्दा पनि पुराना कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न सकेका छौँ । साथै हामीले निरन्तर रुपमा प्रविधिको अपग्रेड गरी कस्टुमर सपोर्टलाई पनि चनाखो तथा चुस्त राख्न हरेक दिन लागिपरेका छौँ ।

हाम्रो मुख्य उद्देश्य भनेको नै ग्राहकको इन्टरनेट अनुभवलाई उत्कृष्ट बनाउनु र दुरुस्त राख्नु हो । हामीले इन्फ्रास्ट्रक्चर र सिस्टममा विशेष ध्यान पु¥र्याएका छौँ । जसले गर्दा हामी आज दुई दशकभन्दा पनि पुराना कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न सकेका छौँ ।

इन्टरनेटमा प्रायः ग्राहकको असन्तुष्टि भेटिन्छ, क्लासिकटेकमा पनि यो समस्या छ, किन यति धेरै कम्प्लेन आउँछन्, यसको समाधान कसरी गर्नुभएको छ ?
माथि भनेजस्तै इन्टरनेट नेपालमा अत्यावश्यक सेवाका रुपमा स्थापित भइसकेको छ । घरमा आउने पाहुना, रेस्टुरेन्टका ग्राहक आदिलाई पहिलो कुरा नै इन्टरनेटको पासवर्ड पस्किनुपर्ने कल्चरको विकास हुँदै छ । २ वर्षका बालक पनि युट्युबमा कार्टुन नहेरी खाना खाँदैनन् र राइम्स नसुनी निदाउँदैनन् । त्यहीकारण क्षणिक समयका लागि इन्टरनेट सेवा अवरुद्ध हुँदा पनि ग्राहकहरु आक्रोशित हुन्छन् । र, यो स्वाभाविक पनि हो ।

अब इन्टरनेटमा आउने समस्याका कारणबारे कुरा गरौं । इन्टरनेटमा समस्या मुख्य तीन कारणले आउन सक्छन् । पहिलो ग्राहकको इन्टर्नल नेटवर्कमा समस्या, दोस्रो आइएसपीको आफ्नै नेटवर्कमा समस्या र तेस्रो बेथितिपूर्वक रहेका तारहरुको समस्या । तिनमध्ये पहिलो ग्राहकको इन्टर्नल नेटवर्कका कारण आउने समस्याको प्रतिशत धेरै छ । यसका लागि हामी ग्राहकलाई साक्षर गर्ने कार्यमा लागिपरेका छौँ ।

दोस्रो आफ्नै नेटवर्कमा समस्या समाधान गर्न स्टेट या त इन्फ्रास्ट्रक्चरको राम्रो विकास र सेवाप्रदायकले दिन सक्नेजति देशका विभिन्न नाकाहरुबाट सकेसम्म धेरै बाटोहरु प्रयोग गरेर कनेक्सनलाई भरपर्दो बनाउने कामहरुमा लागिरहेका छौँ । तेस्रो तारको समस्यालाई पनि हामी बाराम्बार एनटिए तथा सम्बन्धित निकायमा घचघचाइरहेका छौं ।

फाइबर नभएको ठाउँमा वायरलेस प्रविधिको माध्यमबाट दिन सकिन्छ । तर यसका लागि हामीले माग गरेबमोजिम फ्रिक्वेन्सी एनटिएले उपलब्ध गराउनुपर्छ ।

अहिले आइएसपीको बारमा वल्र्डलिंक, सुबिसुहरूले नै ठूलो स्थान ओगटेका छन्, यसमा क्लासिकटेकको स्थान कहाँ छ ?
ग्राहकको संख्यालाई आधार मान्ने हो भने २ दशकभन्दा पुराना कम्पनीहरुको तुलनामा क्लासिकटेकको ग्राहक संख्या कम हुनु स्वाभाविक नै मान्छु । तर प्रविधिमा आत्मनिर्भरता, ७२ जिल्लाहरुमा फैलिएको नेटवर्क, १८ वटा शाखाहरु, नेपालका महत्व संस्थाहरुमा दिएको उत्कृष्ट सेवा, विश्वास र अवसरलाई हेर्ने हो भने क्लासिकटेकले आफ्नो स्थान बलियो बनाइसेको जस्तो लाग्छ ।

इन्टरनेटमा काठमाडौँमा मात्र प्रतिस्पर्धा देखिन्छ नि, बाहिर त अझै सेवा नै दिन सकिरहेको छैनन् नि आइएसपीले होइन ?
क्लासिकटेकले नेपालमा १८ ओटा स्थानमा आफ्ना शाखा स्थापना गरिसकेका छौँ, जसमध्ये १२ ओटा काठमाडौँबाहिर नै छन् । साथै क्लासिकटेकले ठाउँठाउँमा स्थानीय रिसेलर नियुक्ति गरी आफ्नो बजार विस्तार गरिरहेको छ ।

 छुट्टै निकायले इन्फ्रास्ट्रक्चर विकास गरे त हामीले नै सजिलो र राम्रो सेवा दिन सक्छौँ । इन्फ्रास्ट्रक्चर विकास भएको भए हामी सेवा र गुणस्तरमा ध्यान दिएर जान सक्थ्यौँ, जसले सेवाग्राहीले सबैतिर उत्कृष्ट सेवा पाउने थिए ।

पछिल्लो समय सबै आइएसपीले फाइबर प्रविधिमा जोड दिएका छन्, तर के यो सबै ठाउँमा सम्भव छ ? फाइबर नभएको ठाउँमा कसरी सेवा दिने ?
नेपालको भौगोलिक जटिलताका कारण फाइबर सेवा सबै ठाउँमा जान हालका लागि एउटा चुनौतीकै विषय हो । फाइबर नभएको ठाउँमा वायरलेस प्रविधिको माध्यमबाट दिन सकिन्छ । तर यसका लागि हामीले माग गरेबमोजिम फ्रिक्वेन्सी एनटिएले उपलब्ध गराउनुपर्छ ।

फाइबरलगायत इन्फ्रास्ट्रक्चर त सरकारले बनाउने वा छुट्टै निकायले हेर्ने भन्ने कुरा सुनिँदै आएको छ । तर काम भएको देखिन्न, यो विषय कसरी ब्यवस्थापन गर्न सकिएला ?
यो नेपालका लागि दुर्भाग्यको कुरा हो । हरेक संघसंस्थाले आफ्ना लागि आफ्नै नेट्वर्क बनाउनुपर्ने अवस्था छ, यसले नेपालीहरुको लगानीलाई ह्रास त पु¥याउँछ नै साथै क्वालिटीमा पनि ह्रास ल्याउँछ । विभिन्न पोलिसीहरु आए पनि काम भएको देखिँदैन । एनटिएले ग्रामीण दूरसञ्चार कोषमा थन्किएको अरबाैं रुपैयाँको व्यवस्थापन गर्न सकिरहेको छैन । छुट्टै निकायले इन्फ्रास्ट्रक्चर विकास गरे त हामीले नै सजिलो र राम्रो सेवा दिन सक्छौँ । इन्फ्रास्ट्रक्चर विकास भएको भए हामी सेवा र गुणस्तरमा ध्यान दिएर जान सक्थ्यौँ, जसले सेवाग्राहीले सबैतिर उत्कृष्ट सेवा पाउने थिए ।

नेपालको इन्टरनेट बजारमा देखिएको खास समस्या केके हुन् र यसको समाधानमा तपाईहरूको भूमिका के रहन्छ ?
नेपालमा इन्टरनेट बजारमा देखिएका समस्याहरु धेरै छन्, जसमध्ये प्रमुख नेटवर्क तथा इन्फ्रास्ट्रक्चरको विकास नै हो । यसमा स्पष्ट नीति नियम, सरकारी लगानी र प्राथमिकता आवश्यक छ । हामीले सरकार तथा सम्बन्धित निकायहरुमा यसबारे बाराम्बार ध्यानाकर्षण गराइरहेका छौँ । यसैगरी फ्रिक्वेन्सी वितरणमा पनि केही समस्या देखिन्छ ।

Check Also

गुगलले अब चाइनामा एआइ(आर्टिफिसियल इन्टेलिजेन्स ) सेन्टर खोल्ने  

गुगलले बुधबार  चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा …

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *