Home / Featured / केयुका विद्यार्थीहरुको आयोजनामा आइटी पार्कमा ‘आइटी मिट २०१८’ हुने

केयुका विद्यार्थीहरुको आयोजनामा आइटी पार्कमा ‘आइटी मिट २०१८’ हुने

काठमाडौं युनिभर्सिटी कम्प्युटर क्लब (केयुसिसी)को आयोजनामा आगामी जनवरी ५ र ६ मा काभ्रेको आइटी पार्कमा आइटी मिट २०१८ हुने भएको छ ।
यसपटकको आइटी मिटको थिम ‘Discover । Develop । Deploy’ रहेको छ ।

यसपटकको इभेन्टमा विभिन्न आइटी कम्पनी, शैक्षिक संस्था तथा उपभोक्ताबीच अन्तक्रिया गरिने बताइएको छ । साथमा विभिन्न विश्वविद्यालयका कलेजका विद्यार्थीहरु, सामाजिक क्षेत्रमा काम गर्ने युवा, मिडिया एवं आन्ट्रप्रेनरहरूकाे उपस्थिती हुने छ ।

आम जनतालाई लक्षित गर्दै आइटी बजारमा विभिन्न ब्राण्ड प्रवद्र्धन गर्न, स्थानीय तथा राष्ट्रिय तहबाट विकास भएका सफेटवेयर र हार्डवेयर प्रदर्शन तथा प्रवद्र्धन इभेन्ट फलदायी हुँदै आएको छ ।

यसका साथमा विभिन्न शीर्षकमा रहेर कार्यक्रमहरु सञ्चालन गरिने भएको छ । अायाेजकका अनुसार आइटी मिटमा १८ भन्दा बढी विभिन्न विधाका प्रतिष्पर्धा र इभेन्ट हुने छ ।

 

 

Check Also

गुगलले अब चाइनामा एआइ(आर्टिफिसियल इन्टेलिजेन्स ) सेन्टर खोल्ने  

गुगलले बुधबार  चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा …

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *