Home / Featured / मनाङमा भारी हिमपात, मोवाइल नेटवर्कमा समस्या

मनाङमा भारी हिमपात, मोवाइल नेटवर्कमा समस्या

हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएको छ । मंगलबार बिहान देखि परेको हिमपात अझै रोकीएको छैन । हिमपातका कारण स्थानीयको जनजीवन भने सामान्य रहेको छ । जिल्लाका माथिल्ला भेगहरुमा अत्याधिक जाडो बढेको छ । माथिल्लो मनाङमा पर्ने नेस्याङ गाउँपालिकाको अधिकांश ठाउँमा हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातले पर्यटक र सवारी आवागन भने प्रभावित भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका निमित्त प्रमुख कैलासबाबु तिवारीले बस्तीमै आउने गरी पहिलोपटक हिमपात भएको बताए । उनले २-३ इन्च हिउँ जमेको बताए । उनले भने मंगलबार बिहानदेखि परेको हिउँ बुधबार बिहानसम्म रोकीएको छैन ।

हिमपातपछि माथिल्लो मनाङ क्षेत्रको मोवाइल नेटवर्कमा समस्या आएको छ । मनाङको चामेदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको छ भने मनाङ, भ्राका, टंकी लगायत गाउँका बस्तीमै हिउँ परेको स्थानीयले बताएका छन् । माथिल्लो क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा चिसो बढेको छ ।

Check Also

गुगलले अब चाइनामा एआइ(आर्टिफिसियल इन्टेलिजेन्स ) सेन्टर खोल्ने  

गुगलले बुधबार  चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा …

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *