Home / Featured / सुरक्षित वैदेशिक रोजगारीका लागि उपयाेगी एप ‘शुभयात्रा’काे नयाँ भर्सन सार्वजनिक

सुरक्षित वैदेशिक रोजगारीका लागि उपयाेगी एप ‘शुभयात्रा’काे नयाँ भर्सन सार्वजनिक

के तपाईँ विदेश जाने सोचिरहनु भएको छ तर जानकारीहरू कहाँबाट लिने भन्ने थाहा पाउनुभएको छैन ?

के तपाईँको परिवारको सदस्य तथा साथीहरू विदेशमा छन् र उनीहरूलाई कुनै पनि तरिकाले सहयोग गर्न चाहानुहुन्छ ?

अथवा तपाईँ विदेशमै हुनुहुन्छ र नेपाल फर्किएर केही गर्न चाहानुहुन्छ ?

यदि त्यस्तो हो भने वैदेशिक रोजगारमा जाने सोच भएका, विदेशमा रहेका तथा नेपाल फर्किन चाहने सबै नेपालीहरूलाई सुरक्षित वैदेशिक रोजगार प्रक्रिया र त्यसका लागि चाहिने वित्तीय जानकारी दिने शुभयात्रा मोबाइल एप्लिकेसन तपाईँको लागि सहयोगी हुनसक्छ । यो मोबाइल एप्लिकेसनलाई गुगलको प्ले स्टोरमा गएर Shuvayatra टाइप गरी डाउनलोड गर्न तथा www.shuvayatra.org मा लगईन गरेर हेर्न सकिन्छ ।

२०१६ मा बेटा भर्सन लञ्च गरी अब भर्सन १.० आज लञ्च गरिएको यो एप्लिकेसनलाई चलाउन झनै सजिलो बनाइएको छ । यसमा वैदेशिक रोजगारसँग सम्बन्धित समाचार¸ वित्तीय जानकारी¸ अडियो/पोडकास्ट तथा भिडयो¸ पुर्याउनुपर्ने विभिन्न प्रक्रियाहरूबारे सबै जानकारीहरू राखिएको छ ।

धेरै नेपाली जाने पाँच देशहरू मलेसिया¸ कतार¸ साउदी अरेबिया¸ युएई र कुवेतबारे सम्पूर्ण जानकारीहरू राखिएको यस एपले विदेश जाने सोचिरहेकाहरुलाई कसरी सुरक्षित तरिकाबाट जाने भनेर सचेत गराउने¸ विदेश जानको लागि कागजपत्रहरु बनाइरहेकाहरुलाई राम्रोसँग कागजपत्र बनाउन तथा ठगीबाट जोगिने तरिका सिकाउने¸ तथा विदेशबाट नेपाल फर्किन चाहानेहरूलाई नेपाल फर्किएर व्यापार व्यवसाय गर्न के गर्ने तथा अवसरहरू कता खोज्ने भन्ने बारेमा जानकारी दिन्छ ।

यतिमात्र नभई ठगी लगायत विभिन्न जोखिमबाट बच्ने तथा यदि ठगीमा परिएमा उजुरी कसरी गर्ने भन्ने बारेमा पनि यसमा जानकारीहरू राखिएका छन् ।

विभिन्न प्रयोगकर्ताहरुलाई सहभागी गराएर गरिएको युजर टेस्टिङलाई आधार मानी पुरानो भर्सनमा सुधारहरू गरेर यो एप्लिकेसन सार्वजनिक गरिएको हो ।

के-के विशेषताहरू रहेका छन्:

  • वेब भर्सन सार्वजनिक – अब एप्लिकेसन डाउनलोड नगरी कम्प्युटर तथा मोबाइलबाट पनि सामाग्रीहरू खोल्न र हेर्न सकिने
  • वैदेशिक रोजगारीका विभिन्न चरणहरू तथा कामदार भएको देशको आधारमा सोधिने प्रश्नहरूको उत्तर दिएपनि त्यही अनुसारका लेखहरू पढ्न सकिने
  • नेपालका २८ जिल्लामा भएका १५ वटा रेडियो स्टेसनहरू एपबाटै सुन्न सकिने
  • वैदेशिकरोजगारकोलागिजानेसोचमाभएका, जानुभएकातथाउनकापरिवारकालागिव्यावहारिकवित्तीयजानकारी, सल्लाहरउपकरणहरूउपलब्ध
  • वैदेशिक रोजगार प्रक्रियासँग सम्बन्धित विभिन्न समाचारहरू पढ्न पाइने
  • वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको लागि चाहिने कागजपत्र¸ लाग्ने खर्च¸ आवेदन प्रक्रियाका चरणहरू¸ विदेशमा भएका ठाँउहरूको बारेमा जानकारी र अन्यखाले विभिन्न जानकारीहरू समावेश भएको
  • विदेश जाने सोचेदेखि नेपाल फर्किँदा सम्म आवश्यक पर्ने विभिन्न चरणहरुमा सेवा दिने वा लिने ठाँउहरू जस्तै सूचना केन्द्रहरू¸ म्यानपावर एजेन्सीहरू¸ राजदूतावासहरू¸ अभर पर्दा सहयोग गर्ने संघसंस्थाहरू आदिबारे जानकारी दिने सेवा निर्देशिकाहरू भएको
  • विदेशमा रहनु भएका वा फर्कनु भएका कामदारले नै तयार पार्नु भएका लेख, किवता, रचनाहरू प्रकाशित हुने
  • स्मार्ट सर्च फङ्सन (खोज्ने सुविधामार्फत) एपमा भएका सबै लेख तथा सामाग्रीहरू खोज्न सकिने
  • र यी आउने महिनाहरूमा रिलिज हुने थप विशेषताहरू!

कसरी डाउनलोड गर्ने ?

डाउनलोड गर्नको लागि गुगल प्लेमा गएर Shuvayatraटाइप गर्ने अथवा वेबमा गएर www.shuvayatra.orgमा क्लिक गर्नुहोस् । फेसबुक पेजमा जानको लागि www.facebook.com/shuvaGoमा जान सक्नुहुन्छ ।

शुभयात्रा मोबाइल एप विदेशमा रहेका नेपालीहरूको सहयोगमा द एसिया फाउन्डेसनले बनाएको एप्लिकेसन हो जसलाई हाम्रो पात्रो¸ सेयरकास्ट इनिसिएटिभ र विकास उद्यमीले संयुक्त सहकार्य रहेको छ ।

 

Check Also

सम्भावना राम्रो भएर पनि चल्न नसकेका नेपाली आइटी प्रडक्टहरु

पछिल्लो वर्षयता नेपाली उद्यमीले पनि ‘इन्नोभेटिभ आइडिया’मा काम गरिरहेका छन् । मुख्यत: दूरसञ्चार र इन्टरनेटका …

स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा ल्याउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्

रवि फुयाल उद्यमशीलता, शिक्षा र प्रविधि गरी तीन क्षेत्रमा क्रियाशील छन् । उनी इन्नोभेटिभ नेपाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *