Home / Featured / स्याङ्जाामा खानेपानी र सिचाईंका लागि स्वच्छ प्रविधि सहयोग गर्दै एनसेल

स्याङ्जाामा खानेपानी र सिचाईंका लागि स्वच्छ प्रविधि सहयोग गर्दै एनसेल

एनसेलले स्याङ्जा जिल्लाका एलादी, दिप्का र ठुलादी गाँउमा खानेपानी र सिचाईंका लागि स्वच्छ प्रविधि सहयोग गरेको छ। घण्टौं लगाएर खानेपानी ओसारपोसार गर्नुपर्ने बाध्यता रहेको तीन गाउँमा एनसेलले खोलाको पानी तानेर माथि ल्याउन मिल्ने हाईड्रोलिक र्यामपम्प जडान गरिदिएको हो।

यस सहयोगको कारण गर्दा दैनिक घण्टौं लगाएर खानेपानी संकलनगर्नपर्ने वाध्यताबाट स्थानिय वासिन्दा विशेषतस् महिलाले मुक्ति पाएका छन्। स्थानिय बासिन्दालाई थोपा सिचाई मार्फत बढि मुल्य पर्ने तरकारी खेतीमा संलग्न भई अतिरिक्त आय आर्जन गर्ने अवसर प्रदान गरेको कम्पनीले बताएको छ।

कम्पनीले गाउँको उच्चभागमा पानी ट्याङ्की निर्माण र सो ट्याङ्कीबाट पानीवितरण गर्न मिल्ने पुर्वाधारको पनि निर्माण गरेको छ । हाईड्रोलिक र्यामपम्प एक स्वच्छ उर्जा प्रविधि हो। जसको माध्यमबाट खोलामा बगेको पानीलाई हावा र पानीको प्रेसरबाट माथि ट्याङ्कीमा पठाईन्छ ।

डाडाँमा रहेका ती गाउँहरु महिलाहरुलाई तल रहेको खोलाबाट दैनिक झण्डै पाँच घण्टा लगाएर खानेपानी बोक्नु पर्ने बाध्यता थियो । ‘हामी जस्ता महिलालाई सबै भन्दा ठूलो आवश्यकताभनेको पानी नै रहेछु’, दिप्काकी विष्णु माया क्षेत्रीले भनिन्, ‘सरसफाई गर्न, बिरुवामा लगाउन पानी नै चाहिएको छ । प्रत्येक घरायसी काममा पानी नै चाहिन्छ।’

विगतमा परम्परागत बाली लगाएको र अब पानीको सुविधा पछि मौसमी र बेमौसमी दुवै तरकारीहरु लगाई रहेको दिप्काकी सिता खरेलले बताइन्। उनले भनिन्, ‘हामी तरकारीहरु बेच्छौं र राख्छौं।’

यसअगाडी भरपर्दो पानीको स्रोत अभावका कारण गाउँका बासिन्दाहरुलाई निर्वाहमुखी कृषिमा भर पर्नुपर्ने अवस्था रहेको र महिलाहरुलाई आय आर्जनका लागि उत्पादनमुलक गतिविधिमा संलग्न हुने अवसरहरु कम थियो । अहिले, तीन गाउँका ७५ परिवारका ४२० मानिसहरु र एक प्राथमिक विद्यालयले पानीको सुविधाबाट लाभान्वित भएका छन्।

एनसेलले सन् २०१४ मा अन्तराष्ट्रिय गैर सरकारी संस्था रिन्युएबल वर्ल्डसंगको साझेदारीमा वाटर फर एग्रिकल्चर लाइभलि हुड प्रोजेक्ट अन्तर्गत यो कार्यक्रम शुरु गरेको थियो । ग्रामिण प्रविधि केन्द्र यो कार्यक्रमको प्राविधिक साझेदार रुपमा रहेको छ र आधि खोला सामुदायीक विकास केन्द्रले स्थानिय स्तरमा यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने, ‘सम्बन्धित स्थानिय समुदायहरुनै यो परियोजनाको मालिक हुन्, उहाँहरुलाई व्यवसायीक खेती, लघु उघमको तालिम दिईएको छ र आफुले उत्पादन गरेको कृषि उपज बजारमा लैजानका लागि सम्बन्ध स्थापित गरिदिएको छ । यो सम्पुर्ण प्रणालीको प्रभावकारी संचालनकालागि आवश्यक सबै सहयोग प्रदान गरिएको छ । समग्रमा भन्ने हो भने यो परियोजनाले गरिबीनिवारणका लागि कसरी नयाँ प्रविधिको दिगो रुपमाअबलम्बनगर्न सकिन्छ भन्ने कुरा देखाउने उदेश्य लिएको छ।’

पानीको सुविधामा भएको सुधारबाट गाउँका घरपरिवारहरुले सहि पोषण पाउने र उत्पादनमा वृद्धिको कारणले गर्दा उनीहरुको परिवारको वार्षिक आयपनि २५ हजार भन्दा बढिले बढ्ने कम्पनीले अनुमान गरेको जनाएको छ।

स्राेत ः बिजमान्डु डटकम

Check Also

ओप्पोको ‘दशैं स्क्र्याच एण्ड विन अफर’ का विजेताहरु पुरस्कृत

ओप्पोले ‘दशैं स्क्र्याच एण्ड विन अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंको कमलपोखरी …

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *