Home / Featured / माइक्रोम्याक्स क्यानभास २ को २०१७ संस्करण नेपाली बजारमा

माइक्रोम्याक्स क्यानभास २ को २०१७ संस्करण नेपाली बजारमा


काठमाडौं–स्मार्टफोन जगतमा प्रसिद्ध भारतीय ब्राण्ड माइक्रोम्याक्सले नेपाली बजारमा आफ्नो नयाँ मोवाइल ल्याएको छ । माइक्रोम्याक्सले सन् २०१२ मा विश्वभर माइक्रोम्याक्स क्यानभास सार्वजनिक गरेको थियो । सोही मोवाइलको २०१७ को एडिसनमा आएको जनाएको छ ।

कम्पनीले क्यानभास–२, २०१७ ( क्यु ४३१०) वजारमा ल्याएको हो । जसमा उच्च तहको स्क्रीन नफुट्ने विशेषता छ जसले पुन आफ्नो ब्राण्डलाई प्रमाणित गरेको जनाएको छ । २०१२ मा ५ लाख भन्दाबढी सेट बिक्री भएर रेकर्ड कायम गरेको कम्पनलिे जनाएको छ ।

बजारमा उपलब्ध अरु स्मार्टफोन भन्दा उत्कृष्ट यसमा  विशेष किसिमको प्रोसेसर छ । यसमा ३ जीवी डीडीआर ३ ¥याम रहेको छ । फोनमा भएको १३ एमएच रियर क्यामेरा र सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामरा राखिएको छ । यसमा १६ जीवी रोम छ ।

यो फोनमा शक्तिशाली  ३ हजार ५० एमएएचको व्याट्री रहेको छ । जसले अधिकतम अवधिसम्म प्रयोगकर्ताले भिडियो हेर्न, गेम खेल्न तथा अन्य विभिन्न कार्य गर्न सक्ने जनाइएको छ । डवल माइक्रो सिम भएको यसमा थ्रीजी र फोर जी नेटवर्कलाई पनि सपोर्ट गर्छ । यो स्मार्टफोन प्रिमियम मूल्य दर १५ हजार ३ सय छ ।

Check Also

सम्भावना राम्रो भएर पनि चल्न नसकेका नेपाली आइटी प्रडक्टहरु

पछिल्लो वर्षयता नेपाली उद्यमीले पनि ‘इन्नोभेटिभ आइडिया’मा काम गरिरहेका छन् । मुख्यत: दूरसञ्चार र इन्टरनेटका …

स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा ल्याउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्

रवि फुयाल उद्यमशीलता, शिक्षा र प्रविधि गरी तीन क्षेत्रमा क्रियाशील छन् । उनी इन्नोभेटिभ नेपाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *