Home / Featured / अनलाइनबाट अवैध नेटवर्किङ व्यवसाय गर्ने गिरोह प्रहरी कठघरामा

अनलाइनबाट अवैध नेटवर्किङ व्यवसाय गर्ने गिरोह प्रहरी कठघरामा

डेढ वर्षदेखि नेपालमा  प्रतिबन्धित अनलाइन नेटवर्किङ कम्पनी क्यु नेट नेटवर्किङले गैरकानूनी रुपमा ठगी गर्दै आएको रहस्य खुलेको छ । गृह मन्त्रालयले सन् २००३ मै प्रतिबन्ध लगाएकाे याे धन्दा केही समयदेखि नेपालमा फस्टाउदै अाएकाे र यसले ठगीकाे रूप लिन थालेकाे थियाे । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइबी यस्तो व्यवसायका सञ्चालकलाई पक्राउ गरेपछि क्यु नेटले नेपालमा अवैध रुपमा नेटवर्किङ व्यवसाय गरेको पर्दाफास भएको हो । गोप्य सूचनाका आधारमा सिआइबीले छापा मार्दा सयभन्दा बढीलाई पक्राउ गरेको छ ।

आइतबार पुरानो बानेश्वरस्थित सिदार्थ फुड ल्याण्डमा गैरकानूनी नेटवर्किङको प्रशिक्षण दिइरहेको अवस्थामा बाट एकसय दुई जनालाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । ब्युरोको टोलीले पक्राउ गरेका मध्ये १४ जना नेटवर्किङ व्यवसायमा सक्रिय रहेकाले उनीहरुलाई थुनामा राखेर अनुसन्धान अगाडि बढाइएको छ भने अन्यलाई छाडिएको सिआइबीले जनाएको छ ।

यो गिरोहले मलेसियामा मुख्य र हङकङमा कर्पोरेट कार्यालय खोली अन्तर्राष्ट्रिय रुपमै नेटवर्किङ व्यवसाय गर्दैै आएको थियो । क्यु नेटमा हजारौं सर्वसाधारणले आर्थिक कारोबार गरेकाले धेरैको संख्यामा ठगिएको हुन सक्ने ब्युरोका एसएसपी शेरबहादुर बस्नेतले बताए । उनले कोही आबद्ध सदस्यले आफू ठगिएको भए प्रहरीमा खबर गर्न पनि सुझाएका छन् ।

उनीहरुले क्यु नेटको अनलाइन नेटवर्किङ कम्पनीबाट सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाएर ठूलो रकम लिई सदस्यता दिँदै ठग्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरी स्रोतका अनुसार क्यु नेटमा सदस्यता लिनका लागि ३५ सय डलर तिर्नुपर्छ । यो ब्यवसायमा बढीजसो बैंकर, ब्यापारी, डाक्टरहरु रहेको खुलेको छ । प्रहरी तथ्यांकअनुसार १ सय ८० देशमा अवैध रुपमा यो व्यवसाय विस्तार भएको छ ।

यो अनलाइन नेटवर्किङ व्यवसायमा आफू सदस्य बनेपछि अरुलाई पनि आफू जस्तै सदस्य बनाउने र पिरामिड आकारमा (दायाँ बायाँ एक एक जना सदस्य थप्दै जाने) सदस्य बढ्दै गएपछि आफ्नो एकाउन्टमा २ सय डलर थपिदै जाने पक्राउ परेकाले प्रहरीलाई बयान दिएका छन् । यस्तो धन्दाबाट ५१ हजार डलरसम्म भएको र सो रकम नेपालमा यो व्यवसायका मुख्य सञ्चालक सुमित श्रेष्ठको एकाउन्टमा जम्मा भएको देखिएको प्रहरीले जानकारी दिएको छ ।

Check Also

आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै, सञ्चारमन्त्री सहित विशिष्ट व्यक्तिको उपस्थिति हुने

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा …

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *