Home / Featured / सरकारले प्रयोग नभएको फ्रिक्वेन्सी जाम गर्दैन : सञ्चारमन्त्री राई

सरकारले प्रयोग नभएको फ्रिक्वेन्सी जाम गर्दैन : सञ्चारमन्त्री राई

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारले प्रयोग नभएको फ्रिक्वेन्सी जाम नगर्ने बताएका छन् । ‘हामी प्रयोग नभएको फ्रिक्वेन्सी जाम गराएर राख्ने पक्षमा छैनौं,’ राईले भने, ‘नया“ ब्यान्डका फ्रिक्वेन्सीलाई खुला गरेर बोलकबोलबाट बिक्री गरिनेछ ।’ गत शुक्रबार गरिएको फ्रिक्वेन्सी नीतिको संशोधनबारे जानकारी दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ ब्यान्डका फ्रिक्वेसी खुला गर्दै जाने बताएका हुन् ।

उनले नयाँ ब्यान्डलाई खुला गर्ने नीतिअनुरूप नै फ्रिक्वेन्सी नीतिको संशोधनमा ७ सय मेगाहर्ज र २ हजार ६ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीका लागि नयाँ प्रतिस्पर्धीसमेत आउन सक्ने व्यवस्था गरिएको जानकारी दिए। तर, उनले नया“ कम्पनी आउन सक्ने सम्भावना भने नभएको दाबी गरे ।

कार्यक्रममा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले नेपालमा भ्वाइस सेवा प्रयोग गर्ने उपभोक्ता धेरै भएको र ९० प्रतिशत आम्दानी यसैबाट हुने भएकाले फ्रिक्वेन्सी नीतिमा भ्वाइस सेवा चल्ने ब्यान्डका लागि बढी शुल्क तोकिएको जानकारी दिए। उनले नयाँ नीतिले पुरानामा देखिएका नीतिगत अस्पष्टतालाई स्पष्ट पार्नुका साथै नयाँ प्रविधि भित्र्याउन बाटो खोलेको बताए ।

Check Also

ओपो एफफाइभ सिक्स जीबी र यूथ सार्बजनिक

सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल ओपोले मंगलवार आफ्नो नयाँ मोडल …

शाओमिले लन्च गर्यो  ४,००० एमएएचको ठुलो ब्याट्री सहितको  रेडमी  ५ र रेडमी ५ प्लस

बिहिबार बेइजिंगमा सम्पन्न एक कार्यक्रममा स्मार्टफोन निर्माता कम्पनि  शाओमीले रेडमीको दुइवटा नयाँ मोडेल रेडमी  ५ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *