Home / Featured / ‘नेपालका लागि पर्यटन’ थिममा पोखरामा ह्याकथन हुँदै

‘नेपालका लागि पर्यटन’ थिममा पोखरामा ह्याकथन हुँदै

कास्की । पोखरामा यही मे २७ (जेठ १३ गते शनिबार) नेपालका लागि पर्यटन विषयमा एक दिने ह्याकथन इभेन्ट हुने भएको छ । बिट्स इन्नोभेसनले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा गर्न लागेको यो इभेन्टलाई नेपाल पर्यटन बोर्ड, क्लब अफ टेक्निकल स्टुडेन्ट्स पोखरा, वुमन लिडर्स इन आइटी लगायतले सहयोग गरेका छन् ।

फ्रि रजिस्ट्रेसन रहेको यस इभेन्टमा पोखराका विभिन्न आइटी र इन्जिनियरिङ कलेजका विद्यार्थीहरुबीच पर्यटन र प्रविधि झल्किने ह्याकथन प्रतिष्पर्धा गराइने छ ।
पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई सम्मान एवं पुरस्कारको व्यवस्था गरिएको जानकारी आयोजकले दिएको छ ।

प्रत्येक टिममा ३ देखि ४ सदस्य हुनुपर्ने र कम्तिमा १ छात्रा हुनुपर्ने बताइएको छ ।

भोली शुक्रबारसम्म रजिस्ट्रेसनको अन्तिम म्याद (डेडलाइन) रहेको छ ।

इभेन्ट पेज : www.facebook.com/events/253557068384732
इभेन्ट लिंक : http://bit.ly/Tourismfornepal

लिभिङ विथ आइसिटी यस इभेन्टको अफिसियल अनलाइन मिडियको रुपमा रहेको छ ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *