Home / Featured / साओमीका रेडमी नोट ३ नेपाली बजारमा

साओमीका रेडमी नोट ३ नेपाली बजारमा

नेपालका लागि साओमी स्मार्टफोनको अधिकृत विक्रेता भास्टल इम्प्लेक्सले मि सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा भित्र्याएको छ । विक्रेताले रेडमी नोट ३ र मि ४ नेपाली बजारमा ल्याएको हो ।

रेडमी नोट ३ मा २ ओटा भर्सन बजारमा उपलब्ध छ । ५.५ इन्चको आइपिएस एलसिडी टचस्क्रिन, १.८ गिगाहर्ज हेग्जा कोर क्वाल्कम स्नाप्ड्रागन ६५० प्रोसेसर, २ जिबी र्याम, १६ इन्टर्नल मेमोरी (एसडी कार्डमार्फत ३२ जिबीसम्म एक्स्टर्नल मेमोरी बढाउन सकिने), ४०५० एमएएच ब्याट्री, ५ मेगापिक्सल फ्रन्ट क्यामेरा, १६ मेगापिक्सल रिअर क्यामेराजस्ता आकर्षक फिचरहरु रहेका छन् ।

एन्ड्रोइड ५.१.१ अपरेटिङ सिस्टममा चल्ने गर्दछ । विक्रेता कम्पनीका अनुसार यस स्मार्टफोनको बजारमूल्य रु २४ हजार ९ सय ९९ राखिएको छ भने ३ जिबी र्याम र ३२ जिबी इन्टर्नल मेमोरी भएको रेडमी नोट ३ को बजारमूल्य रु २७ हजार ९ सय ९९ राखिएको छ । त्यसैगरी २ जीबी र्याम र १६ जीबी रोम भएको सेटको मूल्य २४ हजार ९ सय ९९ रहेको छ ।

Xiaomi-Redmi-Note-3-Review-TI

रेडमी थ्री प्रो पनि बजारमा उपलब्ध गराएको कम्पनीले यसको मूल्य २३ हजार ४ सय ९९ तोकेको छ । यसमा ३ जीबी र्याम, १.५ गिगाहर्जको अक्टाकोर प्रोसेसर, १३ र ५ मेगपिक्सलको क्यामरा रहेको छ । यसमा ४१०० एमएएचको ब्याट्री रहेको छ ।

यसैगरी, मी ४ स्मार्टफोनमा ५ इन्चको आइपिएस एलसिडी स्क्रिन, २.५ गिगाहर्जको क्वार्ड कोर क्वाल्कम स्नाप्ड्रागन ८०१ प्रोसेसर, ३ जिबी र्याम, १६ जिबी इन्टर्नल मेमोरी, १३ मेगापिक्सल रिअर क्यामेरा, ८ मेगापिक्सल फ्रन्ट क्यामेरा, नन–रिमुभएबल लिअन ३०८० एमएएच ब्याट्री रहेको छ । एन्ड्रोइड ४.४ किटक्याट अपरेटिङ सिस्टममा चल्ने यस स्मार्टफोनलाई मार्सम्यालो ६.० अपेरेटिङ सिस्टममा अप्ग्रेड गर्न सकिने कुरा कम्पनीले जनाएको छ । मी ४ को नेपाली बजारमूल्य २४ हजार ५ सय भएपनि अहिले रु १८ हजार ९ सय ९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

भास्टल इम्प्लेक्सले जनाएअनुसार सावमीका स्मार्टफानहरु मी डिलरहरु र नेपालमा सावमीको आधिकारीक वेबसाइट www.xiaominepal.com.np बाट पनि खरिद गर्न सकिनेछ ।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *