Home / Featured / सातौं अाइसिटी ब्राण्डिङ एक्स्पोको सम्पूर्ण तयारी पुरा

सातौं अाइसिटी ब्राण्डिङ एक्स्पोको सम्पूर्ण तयारी पुरा

बिहिबारदेखि राजधानीको भृकुटीमण्डपमा आयोजना हुने “सातौ अाइसिटी इलेक्ट्रोनिक्स एण्ड ब्राण्डिङ एक्स्पो”को सम्पूर्ण तयारी सकिएको छ । आइसिटी एशोसिएशन अफ नेपालले वर्षेनी अायाेजना गर्दै आएको एक्स्पोमा यसपटक ६० कम्पनीका १ सय ४ स्टल रहने छन्। वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने एक्स्पाेमा सहअायाेजक भारत एक्जिबिसन रहेकाे छ भने भारतीय दूतुवास र फिनल्याण्ड दूतावासको सहयोग रहेको छ । भारत एक्जिबिटर्स एक्स्पोको सहआयोजकमा देखिएको छ भने इजी पे इन एशोसिएशनका रूपमा एक्स्पोमा सहभागी भएको छ । एक्स्पोको शीर्ष प्रायोजन सामसुङ ग्यालेक्सी ग्राण्ड २ ले गरेको छ । गतवर्ष पनि सामसुङ मोबाइलको ग्यालेक्सी ग्राण्ड सिरिज नै शीर्ष प्रायोजकमा रहेको थियो । त्यसैगरी प्लाटिनम स्पोन्सरमा यस वर्ष पनि इन्फोकस रहेको छ । अमेरिकन ब्राण्ड इन्फोकसले प्रोजेक्टर तथा इन्टरयाक्टिभ बोर्डहरू उत्पादन गर्ने गरेको छ । त्यसैगरी डायमण्ड स्पोन्सर्डमा इस्लिङ्टन कलेज र हुवावे मोबाइल रहेका छन् । गोल्ड स्पोन्सरमा कार्बन र पानासोनिक मोबाइल छन् भने सिल्भर स्पोन्सरमा जोलो मोबाइल रहेका छन् ।

ICT_electronics_expo2014त्यसैगरी अफिसियलहरूमा टेलिकममा नेपाल टेलिकम, होटलमा होटल अन्नपूर्ण, एयरलाइन्समा सिम्रिक एयरलाइन्स, इन्स्योरेन्समा शिखर इन्स्योरेन्स, सिसिटिभीमा रकवेल, नेटवर्किङमा डि–लिंक र रेष्टुरेन्टमा वाइफाई क्याफे रहेका छन् । अफिसियल म्यागजिनहरूमा लिभिङ विथ आइसिटी, पिसी इन्फो, इसिएस र स्पेसेस रहेका छन् भने मेडिकलमा माइक्रोलाइफ रहेको छ ।
त्यसैगरी सपोर्टरहरूमा विज्ञान तथा वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय, एम्बेसी अफ इन्डिया, एम्बेसी अफ फिनल्याण्ड, एफएन सिएसआई, थिएटर भिलेजलगायत रहेका छन् । यस एक्स्पोको इभेन्ट म्यानेज्मेन्ट भने डा. सिएसले गरेको छ । आयोजकको एक्स्पोलाई उत्कृष्ट बनाउन भरपूर तयारी गरेको छ । नयाँवर्षको सुरुवातमै प्रविधितर्फ सबैलाई आकिर्षत गर्न एक्स्पो सफल हुने एक्स्पो संयोजक सोभन सैंजूले बताएका छन् । ICT-logo

सातौं आइसिटी ब्राण्डिङ एक्स्पोमा ६० बढी कम्पनीका १०४ स्टल रहेका छन् । प्रदर्शनी स्थलको मुख्य हलमा ३२ कम्पनीका ४४ स्टल रहेका छन् । त्यस्तै बाहिर ४२ कम्पनीका ६० स्टल रहेका छन्, जसमा मुख्य हलमा रहेका कम्पनीका सेल्स स्टलसमेत रहेका छन् । भित्र २०/२० फिटका र बाहिर ३/३ मिटर साइजका स्टल निर्माण गरिएको छ । त्यस्तै एक्स्पोमा अफिसियल मिडिया, स्टार्टअप कम्पनी तथा सपोर्टरहरूलाई पनि स्टल प्रदान गरिएको छ । त्यसैगरी आधा दजर्न फुड स्टलसमेत एक्स्पोमा सहभागी रहेका छन् ।
यस एक्स्पोमा ब्राण्डलाई फोकस गरिने भएको र भित्री प्रदर्शनी हलमा ठूला साइजका स्टल बनाइएका कारण केही कम देखिएको इभेन्ट संयोजक सिएन उपाध्यायले बताए । तर, गतवर्षको ब्राण्डिङ एक्स्पोको तुलनामा यस वर्ष स्टल र सहभागी कम्पनी बढी देखिएका छन् । गतवष भित्री प्रदर्शनी हलमा मात्र कम्पनीका स्टल रहेका थिए ।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *