Home / Featured / भृकुटीमण्डपमा ‘सातौ आइसिटी इलेक्ट्रोनिक्स एण्ड ब्राण्डिङ एक्स्पो’ शुरु हुदै; सञ्चारमन्त्रीले उदघाटन गर्ने

भृकुटीमण्डपमा ‘सातौ आइसिटी इलेक्ट्रोनिक्स एण्ड ब्राण्डिङ एक्स्पो’ शुरु हुदै; सञ्चारमन्त्रीले उदघाटन गर्ने

राजधानीको भृकुटीमण्डपमा आजबाट “सातौ आइसिटी इलेक्ट्रोनिक्स एण्ड ब्राण्डिङ एक्स्पो २०१४” सुरु हुदैछ। सूचना, सञ्चार तथा प्रविधी क्षेत्रमा विकास र विस्तार भएका नविनतम उपलब्धीलाई समेटेर वर्षेनी झै यो पटक पनि आइसिटी एशोसिएशन अफ नेपालले एक्स्पोको आयोजना (वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म) हो। ICT_Expoनयाँवर्ष २०१७१को आरम्भसँगै सूचना र प्रविधिबारे सबैलाई जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गरिएको एक्स्पो संयोजक सोभन सैंजूले जानकारी दिनुभएको छ। उहाँका अनुसार सातौ आइसिटी इलेक्ट्रोनिक्स एण्ड ब्राण्डिङ एक्स्पो तयारी पूरा भइसकेको  र उदघाटन नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले विहान ११:३० बजे गर्नुहुने छ।  Minendra Rijalसामसुङ ग्यालेक्सी ग्राण्ड २ ले शीर्ष प्रायोजन गरेको एक्स्पोमा ६० ब्राण्डिङ कम्पनीका १ सय ४ वटा स्टलहरु रहेका छन्। यसैगरी प्रदर्शनी स्थलको मुख्य हलमा ३२ कम्पनीका ४४ स्टल रहेका छन्। त्यस्तै बाहिर ४२ कम्पनीका ६० स्टल रहेका छन्, जसमा मुख्य हलमा रहेका कम्पनीका सेल्स स्टल समेत सहभागी भएका छन्। त्यसैगरी भित्र २०/२० फिटका र बाहिर ३/३ मिटर साइजका स्टल बनाइएको छ। यस्तै त्यसैगरी आधा दजर्न फुड स्टल समेत एक्स्पोमा सहभागी भएका छन्।  एक्स्पोको प्लाटिनम स्पोन्सरमा यस वर्ष पनि अमेरिकन ब्राण्ड इन्फोकस रहेको छ। एक्स्पोमा इन्फोकसले प्रोजेक्टर तथा इन्टरयाक्टिभ डिजिटल बोर्डहरू राखेका छन। यस्तै डायमण्ड स्पोन्सर्डमा इस्लिङ्टन कलेज र चिनिया मल्टिनेशनल कम्पनी हुवावे मोबाइल रहेका छन्। गोल्ड स्पोन्सरमा भने भारतीय ब्राण्डको कार्बन र जापानीज ब्राण्डको पानासोनिक मोबाइल छन्। यस्तै जोलो मोबाइल सिल्भर स्पोन्सरको रुपमा रहेको छ।

ICT_electronics_expo2014

त्यस्तै एक्स्पोमा अफिसियल मिडिया, स्टार्टअप कम्पनी तथा सपोर्टरहरूलाई पनि स्टल प्रदान गरिएको छ। यस पटक भने अफिसियल मिडिया म्यागजिनहरूमा नेपाली आइटी म्यागेजिन लिभिङ विथ आइसिटी, अंग्रेजी आइटी म्यागेजिन पिसी इन्फो, इसिएस र स्पेसेस रहेका छन। ICT_livingwithत्यसैगरी अफिसियलहरूमा टेलिकममा नेपाल टेलिकम, होटलमा होटल अन्नपूर्ण, एयरलाइन्समा सिम्रिक एयरलाइन्स, इन्स्योरेन्समा शिखर इन्स्योरेन्स, सिसिटिभीमा रकवेल, नेटवर्किङमा डि–लिंक र रेष्टुरेन्टमा वाइफाई क्याफे रहेका छन् भने मेडिकलमा माइक्रोलाइफ रहेको छ।

यस पटकको सातौ आइसिटी इलेक्ट्रोनिक्स एण्ड ब्राण्डिङ एक्स्पोलाई नेपाल सरकार विज्ञान तथा वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय, एम्बेसी अफ इन्डिया, एम्बेसी अफ फिनल्याण्ड, एफएन सिएसआई, थिएटर भिलेजलगायतले सपोर्ट गरेका छन। यस्तै एक्स्पोलाई डा. सिएसले इभेन्ट म्यानेज्मेन्ट गरेको छ। एक्स्पोमा ब्राण्डलाई फोकस गरिने भएको र भित्री प्रदर्शनी हलमा ठूला साइजका स्टल बनाइएका कारण केही कम देखिएको इभेन्ट संयोजक सिएन उपाध्यायले जानकारी दिए । तर, गतवर्षको ब्राण्डिङ एक्स्पोको तुलनामा यस वर्ष स्टल र सहभागी कम्पनी भने बढी देखिएका छन्। गतवष भित्री प्रदर्शनी हलमा मात्र कम्पनीका स्टल रहेका थिए।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *