Home / Featured / अब फेसबुकमा ‘अफलाइन भिडियो’ सुविधा, इन्टरनेट नहुँदा पनि भिडियो हेर्न सकिने

अब फेसबुकमा ‘अफलाइन भिडियो’ सुविधा, इन्टरनेट नहुँदा पनि भिडियो हेर्न सकिने

युट्युबमा मात्रै होइन, अब फेसबुकमा पनि ‘अफलाइन भिडियो’ सुविधा आएको छ । फेसबुकले इन्टरनेटको सुविधा नाभएको बेलामा पनि फेसबुकका भिडियो हेर्न सकिने सुविधा ल्याएको हो  । यसका लागि फेसबुकको नयाँ भर्सनको एन्ड्रोइड एपमा इन्स्टल गर्नुपर्ने हुन्छ । तर त्यसका लागि युट्युबमा जस्तै इन्टरनेट भएको समयमा भिडियो अफलाइन भ्युका लागि सेभ गर्नुपर्ने हुन्छ।

भिडियो एपभित्रको सेभ्ड सेक्सनमा हुन्छ। यसरी सेभ गरिएका भिडियो जति पटक पनि हेर्न सकिन्छ र चाहेमा डिलिट गर्न पनि सकिन्छ।

भिडियो तपाईँको मोबाइलमा नै सेभ हुने भए पनि यसलाई फेसबुकबिना यत्तिकै हेर्न भने सकिन्न। फेसबुकले यसअघि जुलाई ११ देखि केही व्यक्तिहरुको समूहमा अफलाइन भिडियोको टेस्ट गर्न लागेको बताएको थियो।

Check Also

शाओमीको ए वान र नोट ५ ए बजारमा

शाओमीको आधिकारिक बितरक भाष्टल इम्पेक्सले हरेक महिना नयाँ मोडलहरु बजारमा ल्याइरहेको छ । असोज पहिलो …

आइफोन ८ को बुकिङ सुरु 

एप्पलले गत सेप्टेम्बरमा सार्वजनिक गरेको आइफोन ८ र ८ प्लसको नेपालमा प्रि बुकिङ खुल्ला गरिएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *