Home / Featured / राष्ट्रिय आविष्कार केन्द्रको निर्माणका लागि महावीर पुनद्धारा सहयाेगकाे अपिल

राष्ट्रिय आविष्कार केन्द्रको निर्माणका लागि महावीर पुनद्धारा सहयाेगकाे अपिल

भक्तपुर – समाजसेवी महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको निर्माणमा सरकारले सहयोग नगरेपछि चन्दा सङ्कलनमा जुटेका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा पुनले नेपालीको आर्थिक विकासलाई ध्यान दिँदै राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्न अब चन्दाको विकल्प चैन भने । सरकारले नास्टमा कर्मचारीलाई तलब खुवाउने बाहेक अन्य काम नगरेको र विज्ञान मन्त्रालयले नेपालको विज्ञानका क्षेत्रमा कुनै परिवर्तन गर्न नसकेको उनको आरोप छ । पुनले भने, “जुनसुकै सरकारले पनि आश्वासन मात्रै दिए, सरकारले गर्नुपर्ने काम हामीले गर्न खोज्दा पनि बजेट नपाएपछि म र साथीहरु मिलेर पोखरामा किनेको २८ रोपनी जग्गा केन्द्रलाई दियौँ, अरु बजेट जुटाउन चन्दा खोज्दैछौँ ।” केन्द्र सञ्चालनका लागि सरकारसँग १० मेगावाट विद्युत्को माग गरिएको उनले बताए । पुनले नेपालमा भएका सम्भावनाको खोजी गरेर त्यसलाई बजारसम्म ल्याउन केन्द्रले सहयोगी भूमिका खेल्नाका साथै केन्द्रमा पढेलेखेकाले मात्र नभएर ज्ञान र सीप भएकाले नेपालका लागि योगदान दिन सक्ने बताए ।

Check Also

ओप्पोको ‘दशैं स्क्र्याच एण्ड विन अफर’ का विजेताहरु पुरस्कृत

ओप्पोले ‘दशैं स्क्र्याच एण्ड विन अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंको कमलपोखरी …

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *