Home / Featured / ७ महिना बितिसक्यो, किन आएन चिनियाँ इन्टरनेट ?

७ महिना बितिसक्यो, किन आएन चिनियाँ इन्टरनेट ?

नेपाल टेलिकमले ल्याउने भनको चनियिाँ इन्टरनेट अझै अनिश्चित बनेको छ । कहिले हिउँ परेको समस्या र कहिले कामदारको मृत्युलाई कारण देखाउँदै चिनियाँ इन्टरनेट नेपाल भित्रिन सकेको छैन । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच स्थलमार्ग हुँदै आइपी सेवा उपलब्ध गराउने सम्बन्धमा मंसिर २१ गते व्यावसायिक सम्झौता भएको थियो ।

टेलिकमले केही हप्ताअघि जेठ १८ अर्थात् जुन १ देखि रसुवा नाका भएर नेपालमा चीनबाट इन्टरनेट ब्याण्डविथ ल्याउन लागेको जानकारी दियो । तर, व्यवसायिक रुपमा सञ्चालन आएको खबर टेलिकमले हालसम्म दिएको छैन ।

गत मार्चमा हिउँ पग्लिने समस्या आएपछि इन्टरनेट ल्याउने कार्यमा अवरुद्ध भएको थियो । चीनतर्फको भागमा रहेको अप्टिकल फाइबर रिस्टोर गर्नुपर्ने बेला बाक्लो हिउँ जमेपछि अप्टिकल मार्गको २० किलोमिटर बाटो परिवर्तन गरियो ।

मार्ग परिवर्तनको क्रममा एक जना कामदारको मृत्यु भएपछि अवरुद्ध बनेको काम सुचारु हुन नसकेको हो । मे महिनासम्म उक्त काम सम्पन्न हुने चिनियाँ पक्षले आश्वासन गराएपनि कामदारको मृत्युपछि अनिश्चित बनेको टेलिकमका सहायक प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

चीनतर्फको भागमा अप्टिकल ‘ब्रेक’ भएकोले सोही रुटबाट ब्यान्डवीथ पठाउँदा अवरोध हुने र व्यावसायिक रुपले आदान प्रदान गर्न अप्ठेरो पर्ने भएकोले रिस्टोर गरेर मात्र पठाउने भन्दै चाइना टेलिकमले नेपाल टेलिकमलाई जानकारी गराएको अधिकारीले बताए।

चिनियाँ पक्षले उक्त मार्ग निर्माणको काम सकिनेवित्तिकै व्यवसायिक रुपमा इन्टरनेट नेपालमा आउने जानकारी गराएपनि कहिलेसम्म उक्त काम सम्पन्न हुन्छ भनेर यकीन हुन सकेको छैन ।

Check Also

अब अनलाइनबाट पनि एनसेलमा रिचार्ज

निजि मोबाइल सेवा प्रदायक कम्पनि एनसेलले नेपालमा पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ …

ओपोद्वारा ६ जीबी र्यामको ‘एफफाइभ रेड एडिशन’ सार्वजनिक

नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओपोले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *