Home / Featured / निर्वाचन अायाेगले ल्यायाे माेबाइल एप र कल सेन्टर

निर्वाचन अायाेगले ल्यायाे माेबाइल एप र कल सेन्टर

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि कलसेन्टर र मोवाइल एप्प संचालनमा ल्याएको छ । आयोगमा आज आयोजित कार्यक्रममा माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले कलसेन्ट र मोवाइल एप्पको संचालन शुभारम्भ गर्दै स्थानीय तह निर्वाचन सम्बन्धी जिज्ञासालाई सम्बोधन गर्न कल सेन्टर संचालनमा ल्याइएको जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले आयोगले संचालनमा ल्याएको मोवाइल एप्पबाट मोवाइल प्रयोगकर्ताले निर्वाचन कार्यक्रम, मतदाताको विवरण, मतदान स्थल र केन्द्रको जानकारी, उम्मेद्वारको विवतरण, मत परिणाम लगायतका विभिन्न १० विषयमा जानकारी पाउन सक्ने बताए । 

 उनले आयोगले संचालनमा ल्याएको कलसेन्टर र मोवाइल एप्पको प्रभावकारी संचालनमा विशेष ध्यान दिन सम्बद्ध कर्मचारीहरुलाई निर्देशन पनि दिए । निवार्चन आयोगका सूचना प्रविधि महाशाखा प्रमुख एवं सहसचिव लक्ष्मिप्रसाद यादवले आयोगले संचालनमा ल्याएको एप्पबाट निर्वाचन सम्बन्धी जानकारीहरु नेपाली र अग्रेजी दुवै भाषामा सरलरुपमा पाउन सकिने बताए । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोवाइल एप्प सञ्चालनमा ल्याएको हो ।

कान्तिपथस्थित आयोगको कार्यालयमा संचालनमा ल्याइएको कल सेन्टरबाट मतदाता र सरोकारबालाहरुका प्रश्न तथा जिज्ञासाको जवाफ १६६००१४४२२२ नम्वरबाट तत्काल प्राप्त हुने छ ।

नेपाल टेलिकमको नेटवर्कबाट उक्त नम्वरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन ।

कल सेन्टर २०७४ वैशाख १५ गतेदेखि आगामी असार ३ गतेसम्म विहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ । इसीएन एप्प आयोगको वेभसाइट, मोवाइलको प्लेस्टोर वा एप्पल मोवाइलको एप्प स्टोरबाट डाउन गरी इन्स्टल गर्न सकिने छ ।

Check Also

ओप्पोको ‘दशैं स्क्र्याच एण्ड विन अफर’ का विजेताहरु पुरस्कृत

ओप्पोले ‘दशैं स्क्र्याच एण्ड विन अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंको कमलपोखरी …

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *