Home / Featured / आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा नयाँ अर्थतन्त्रमा आइसिटीको भूमिका उल्लेखनीय रहेको चर्चा गर्दै विभिन्न क्षेत्रका प्रतिनिधिले त्यसअनुकुल आइटी जनशक्तिलाई सशक्तिकरण गर्न उपयुक्त नीति र कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको औंल्याए ।

युनियन नेटवर्क इन्टरनेश्न (युएनआई) नेपालस्थित काउन्सिलले युनाइट्स नेपालसँगकाे सहकार्यमा आयोजना गरेको सो कार्यक्रममा सरकारी प्रतिनिधि, आइटीसम्बन्धी रो जगारदाता, विज्ञहरु र टेड युनियनहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार मन्त्रालयका सहप्रवक्ता प्रेमकुमार श्रेष्ठले दैनिक जीवनमा आइसिटीको महत्वको बारेमा प्रकाश पार्दै देशको दीर्घकालीन विकासमा यसको जोड दिए । उनले आइसिटी क्षेत्रमा पर्याप्त अवसर र सम्भावना रहेको चर्चा गरे ।

वरिष्ठ आइसिटी विज्ञ मनोहरकुमार भट्टराईले प्रस्तुत गरेकाे रिसर्च पेपरमा देशको जिडिपीमा आइसिटीको भुमिका निकै कमजोर रहेको उल्लेख गर्दै यसमा पर्याप्त ध्यान दिनुपर्ने उल्लेख गरे ।

उनको रिसर्च पेपरमा आधारित भई सुरु भएको प्यानल छलफलमा आइसिटी क्षेत्रका विभिन्न सरकारी, विज्ञ, टेड युनियन, रोजगारदातालगायत छलफलमा सहभागी थिए ।

छलफलले आइसिटी क्षेत्रको विकासले मात्रै समग्र देशको विकास हुनेमा जोड दिदै जनशक्तिको गुणस्तरमा ध्यान दिनुपर्ने कुरामा जोड दियो ।

साथै आइसिटीसँग सम्बन्धी कम्पनीहरु काठमाडौंकेन्द्रित हुनाले चुनौती थपिएको सरोकारवालाको मत छ ।

कम्पनीको तर्फबाट बोल्ने प्रतिनिधिहरुले आइटी कम्पनीमा दक्ष जनशक्ति अहिले ठुलो इस्युको रुपमा आइरहेको चर्चा गरे। उनीहरुले आइटीले रोजगार नदिने तर रोजगारका अवसरहरु सिर्जना गर्ने बताए । कम्पनीहरुले आफ्ना कर्मचारीलाई विभिन्न सुविधा दिदै उनीहरुको दक्षतामा ध्यान दिएको समेत बताए ।

कार्यक्रमा आइसिटी क्षेत्रका कामदारको सामाजिक सुरक्षाका बारेमा समेत छलफल भएको थियो । साथै नयँ लेबर एक्टले प्रोजेक्टमा आधारित कामदारहरुलाई पनि व्यवस्थापन गर्ने बारेमा लचकता देखाएको मत सरकारी एवं नीतिगत क्षेत्रका प्रतिनिधिकाे थियाे ।

Check Also

गुगलले अब चाइनामा एआइ(आर्टिफिसियल इन्टेलिजेन्स ) सेन्टर खोल्ने  

गुगलले बुधबार  चिनको बेइजिंगमा आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरको स्थापना गर्ने घोसणा गरेको छ । परिवर्तित टेक्नोलोजीमा …

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *