Home / Featured / शक्तिशाली देशसहित विश्वभरका ९९ देशमा साइबर आक्रमण

शक्तिशाली देशसहित विश्वभरका ९९ देशमा साइबर आक्रमण

साइबर आक्रमणकारीले विश्वका शक्तिाशाली देशसहित ९९ देशमा कम्प्टयुरमा हमला गरेका छन्। ह्याकहरुले एकै पटक एकपछि अर्को देशका कम्प्युटर सिस्टमलाई निशानामा पारेपछि विश्वभर साइबर सुरक्षालाई चिन्ता हुन थालेको छ । वेलायत, अमेरिका, चीन, जापान, जर्मनी, युक्रेन, फिलिपिन्स, रुस, स्पेन, इटली र ताइवानसहितका देशमा उनीहरुले बढी निशाना गरेका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा निकायले यो हमला आतंककारीहरुबाट भएको बताएको छ । तर सो आतंककारी को हो भनेर प्रस्ट पारेको छैन ।

कहाँ कहाँ भयो साइबर आक्रमण ?

ह्याकरहरुले अमेरिकी सुरक्षा निकायले आतंककारीहरु विरुद्ध प्रयोग गर्ने गरेको सफ्टवेयर नै ह्याक गरेर संसारभरी आतंक मच्चाइरहेको बिबिसीको अनलाइन संस्करणले जनाएको छ। उनीहरुले निशानामा विश्वका शक्तिशाली मुलुक र ठूलाठूला कम्पनीलाई बनाएका छन्। अहिले ह्याकरले पठाएको भाइरसका कारण विश्वका प्रतिष्ठित संघसंस्थाका कम्प्यूटरले काम गर्न छाडेका छन्।

यसको पछिल्लो असर बेलायतमा देखिएको छ। ह्याकरले बेलायतका अधिकांश अस्पतालहरुमा आक्रमण गरेको समाचारमा जनाइएको छ।

उनीहरुले ह्याक गरेका प्रत्येक कम्प्यूटरबाट सिस्टम रिस्टोर गर्न कम्तिमा तीनसय डलर देखि ६ सय डलरसम्म माग गरेको दि टेलिग्राफले जनाएको छ।

स्पेनी टेलिकम कम्पनी टेलिफोनिका र अमेरिकास्थित कार्गो कम्पनी फेडेक्सलाई पनि ह्याकरले निशानामा पारेका छन्।

रुसमा पनि साइबर आक्रमण सुरु भएको भन्दै त्यहाँको गृहमन्त्रालयले कम्प्यूटर भाइरसको पछिल्लो समस्यासँग जुध्न कडा कदमहरु चाल्न मातहतलाई निर्देशन दिइसकेको बिबिसीले उल्लेख गरेको छ।

त्यस्तै जर्मनीमा पनि उनीहरुले मेट्रो रेललार्इ निशाना बनाएका छन्। ह्याकरले ह्याक गरेका कारण जर्मनीका रेलहरुको स्टेसनमा काम गरेको छैन। उनीहरुले सफ्टवेयरमा नै ह्याक गरेर पैसा माग गरेका छन्। उनीहरुले फ्रान्सको सबैभन्दा ठूलो अटो कम्पनी रेनोल्टमाथि पनि आक्रमण गरेको एएफपी समाचार संस्थाले जनाएको छ। साइबर अट्याकपछि उक्त कम्पनीले कारको उत्पादन बन्द गरेको जनाएको छ।

ह्याकरले माइक्रोसफ्टको प्रोग्रामिङ नै ह्याक गरेर माइक्रोसफ्ट अपरेटिङ सिस्टम भएका कम्प्यूटरलाई बढि निशानामा परेको दि टेलिग्राफले जनाएको छ। उनीहरुले नयाँ किसिमको मालवेयर भाइरस विकास गरेर इमेल, बिलिङ इन्भ्वाइस, जब अफर, सेक्युरिटी वार्निङ तथा गोप्य दस्तावेजमाथि अक्रमण गरिरहेका छन्।

गत एप्रिलमा ‘द स्याडो ब्रोकर्स’ भन्ने समूहले उक्त कार्यक्रम चोरेका थिए। पछि त्यो विकिलिक्समार्फत खुलासा भएको थियो। अहिले पनि यही समूहले ह्याक गरेको हुनसक्ने माइक्रोसफ्टले जनाएको छ। ह्याकरले भाइरसमार्फत ९९ वटा देशका कम्प्यूटरमा प्रभाव पारेको विवरणहरु आएको  छ।

ह्याकरले नेपालमा भने अहिलेसम्म केहि नगरेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए। नेपाल बारम्बार साइबर आक्रमणको निशानामा पर्न सक्ने प्रतिवेदन आइरहेको छ । तर यस्ता घटना भैहाले रेस्क्यु गर्ने विज्ञता र समूह नभएको उनले बताए ।

Check Also

अब अनलाइनबाट पनि एनसेलमा रिचार्ज

निजि मोबाइल सेवा प्रदायक कम्पनि एनसेलले नेपालमा पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ …

ओपोद्वारा ६ जीबी र्यामको ‘एफफाइभ रेड एडिशन’ सार्वजनिक

नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओपोले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *