Home / Featured / उद्योग वाणिज्य महासंघको चुनावमा क्यान अध्यक्ष ढकालले प्रतिष्पर्धा गर्ने

उद्योग वाणिज्य महासंघको चुनावमा क्यान अध्यक्ष ढकालले प्रतिष्पर्धा गर्ने

क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालले आसन्न उद्योग वाणिज्य महासंघको केन्द्रीय समितिको सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

नेपालमा सूचना सञ्चार प्रविधिको साझा संस्था क्यानलाई महासंघमा रुपान्तरण गर्न नेतृत्वदायी भूमिका खेलेका उनी आइसिटीको मुद्धा लिएर वस्तुगत तर्फबाट सदस्यमा उम्मेद्वारी दिन लागेका हुन् ।

‘हरेक उद्योगले महत्वपूर्ण साधनको रुपमा कसरी आइसिटी प्रयोग गर्ने भनेर एफनिसिसआईमा अवेयर गराउने, आइसिटीलाई उद्योगको रुपमा लैजान ठोस योजना बनाउने, सबै उद्योगसँग सहकार्य गर्ने योजना मेरो छ,’ ई. ढकालले भने ।

साथै उनले सूचना प्रविधि क्षेत्रको व्यापक विस्तार, डिजिटलाईजेसन, सबैको सूचना प्रविधिको क्षेत्रमा सहज पहुँच तथा पारदर्शिता, ई–गभर्मेन्स लगायतका एजेन्डा अघि सारेका छन् ।

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *