Home / Featured / निर्वाचनको रौनक सामाजिक सञ्जालमा

निर्वाचनको रौनक सामाजिक सञ्जालमा

२० वर्षपछि आज भएको स्थानीय निकायको निर्वाचनले सामाजिक सञ्जालमा झनै रौनकता थपेको छ । पहिलो चरणमा प्रदेश ३, ४ र ६ मा निर्वाचन गर्ने सरकारी योजनाअनुरुप आज भएको निर्वाचनमा मतदाताको उत्साहप्रद सहभागिता रहेको छ ।

मतदान गर्न प्रोत्साहन गर्ने स्ट्याटसदेखि मतदान गरेपछि सेल्फी फोटो पोस्ट गर्ने क्रम सामाजिक सञ्जालमा चलिरहेको छ । यस्तोमा उनीहरु एकअर्कामा खुसी साटासाट गर्दै समूहमा फोटो खिचेर सामाजिक सञ्जालहरुमा सेयर गरिरहेका छन् ।

फेसबुकमा कतिपयले आफ्नो क्षेत्रमा भएका निर्वाचन अपडेटहरु दिदै स्ट्याटस र फोटोहरु पोस्ट गरेका छन् । कतिपयले निर्वाचनसम्बन्धी स्ट्याटसदेखि ट्रोलहरु सेयर गरिरहेका छन् ।

त्यस्तै अनलाइन न्युज पोर्टहलरुमा छिनछिनमा अपडेटहरु सामाजिक सञ्जालमा दिइरहेका छन् । त्यस्ता साइटहरुले निरन्तर चुनावी गतिविधि पस्किरहेका छन् । अनलाइन खबर, सेतोपार्टी, रातोपार्टी, ई कान्तिपुर लगायतका साइटले चुनाव केन्द्रित छुट्टै पोर्टल सञ्चालन गरेका छन् । मोबाइल एप्लिकेशन हाम्रो पात्राले स्थानीय निकाय निर्वाचन विशेष अपडेट ल्याएको छ ।

निर्वाचन सम्बन्धी जानकारी राख्नका लागि सामाजिक सञ्जालमा निर्भर हुनेको संख्या अत्याधिक रहेको छ ।

त्यसो त राजनीतिक दल, नेता, कार्यकर्ता र उम्मेदवारसमेत सामाजिक सञ्जालमार्फत चुनावमा होमिएका छन् । परम्परागत प्रचार शैलीको सट्टा यस पटक अनलाइन र सामाजिक सञ्जालबाट भोट मागेका छन् ।

चुनावको प्रचार सामग्रीको माध्यमका रुपमा फेसबुक, ट्विटर, भाइबर, एसएमएस लगायतका नवीन प्रविधिको प्रयोग बढि भएको छ । यसका साथै पार्टीहरुले आफ्ना घोषणापत्रमा पनि सूचना प्रविधिका केही विषय समावेश गरेका छन् ।

विहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया अहिले ६० प्रतिशत सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *