Home / Featured / कान्तिपुर सिटी कलेजद्वारा कम्प्युटर प्रदान

कान्तिपुर सिटी कलेजद्वारा कम्प्युटर प्रदान

विगत १७ बर्ष देखि आई.टि, ईन्जिनियरिङ, व्यवस्थापन तथा मानविकी संकायमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको काठमाण्डौँ, पुतलीसडकमा अवस्थित कान्तिपुर सिटी कलेजले संस्थागत सामाजिक उत्तरदायित्व स्वरुप बालबालिकामा हुने यौन शोषण मुक्त नेपाल सिर्जना गर्ने उदेश्य रहेको रक्षा नेपाल र भुम्लिचोक – ४, गोर्खामा रहेको श्री भद्रकाली उच्च माध्यमिक बिद्यालयलाई भौतिक सहयोग स्वरूप ४/४ थान कम्प्युटर प्रदान गरेको छ। देशका ग्रामिण क्षेत्रमा पनि सूचना प्रविधी तथा कम्प्युटरको पहुच पुर्याउन यसले सहयोग गर्नेछ भन्ने आशा कलेजले लिएको छ।

गुणस्तरीय शिक्षाको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कलेजले शिक्षा र सूचना तथा प्रविधीको पहुँच बढाउन बिभिन्न समयमा सहयोग पुर्याउदै आएको छ। साथै देशमा आईपर्ने प्राकृतिक एवं अन्य विपतको समयमा पनि सहयोग गर्दै आएको छ तथा भविष्यमा पनि सहयोग पुर्याउने कलेजका प्राचार्यले जानकारी गराउनुभयो।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *