Home / Featured / किन प्रयोग गर्ने एन्टिभाइरस ?

किन प्रयोग गर्ने एन्टिभाइरस ?

एन्टिभाइरस प्रयोग गर्नु पर्ने धेरै कारणहरु रहेका छन् । इन्टरनेट प्रयोग गर्ने युजरहरुलाई त एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी अनिवार्य भइसकेको छ । एन्टिभाइरस सफ्टवेर प्रयोग नगरिएका कम्प्युटरमा टोर्जनजस्ता भाइरसले युजरका इमेल अड्रेस र पासवर्ड चोरी गरेर बैंक अकाउन्ट ह्याक गर्न तथा रकम चोरी गर्न सक्दछन् ।

त्यसैगरी, र्यान्समवेर (Ransomware) अथवा त्यस्तो भाइरसजन्य सफ्टवेर हो जसले निसाना बनाएको कम्प्युटर सिस्टमलाई ब्लक गर्दछ र युजरलाई पुरानै अवस्थामा कम्युटर सिस्टम दिनको लाई फिरौती रकम माग गर्दछ । ह्यकरहरुले विभिन्न नियतराखी सरकारी तथा ग्रैह सरकारी संस्थाहरु ह्याक गरेका घटनाहरु बढिरहेका छन् ।

avg-antivirus-for-android-antitheft
सुरक्षा खतराको अवस्था

कास्पस्किी ल्याबले सन् २०१५ को वार्षिक रिपोर्टका अनुसार सन् २०१५ मात्रै झन्डै २० लाख माल्वेर इन्फेक्सन, ७५३६८४ वटा कम्प्युटरमा र्यान्समवेर प्रोग्रम, वेबमा १२ करोडभन्दा बढी भाइरसजन्य वस्तुहरु पत्तालागेका थिए । उसले वर्षभरिमा अनलाइनको माध्यमबाट विस्वका विभिन्न ठाउाबाट गरिएका ७९ करोड ८० लाखभन्दा बढी अक्रमणहरुलाई निस्तेज पारेको दाबी गरेको छ । अन्य एन्टिभाइरस कम्पनीहरुले सार्वजनिक गरेका डाटाहरु पनि यस्तै छन् ।

antivirus3

यसैगरी, ह्याकमाजेडन सञ्चालन गर्दै आएका कम्युटर सेक्युरीटी विज्ञ पाओलो पसेरीले सन् २०१४ र २०१५ बीच गरेको एक तुलनात्मक अध्ययनअनुसार २०१५ मा कम्युटर तथा साइबर सेक्युरिटीको क्षेत्रमा खतरा बढ्दो छ । उनले अक्रमणको कारण साइबरका घटाना बढेको दाखाएका छन् ।

यसैगरी, परेसीको अध्ययनका अनुसार ह्याकरहरुले सबैभन्दा बढी निसाना बनाएका क्षेत्रहरुमा क्रमश: उद्योग, सरकारी निकाय, संस्थाहरु, शैक्षिक संस्था, व्यक्ती विशेष रहेका छन् । एन्टिभाइरस सफ्टवेरले ह्याकरहरुलाई पूर्णरुपमा निस्तेज पार्छ भनेर ढुक्क हुने अवस्था त छैन तर ह्याकरले प्रयोग गर्ने धेरै भाइरसजन्य धेरै टुलहरुलाई निस्तेज भने बनाउन सक्छ ।

यसर्थ, तपाईसाग कम्प्युटरमा संवेदनशील डाटाहरु छन् भने एउटा राम्रो एन्टिभाइरस सफ्टवेरले यिनको सुरक्षाको लागि महत्वपूर्ण भूमिका खेल्दछ ।

Check Also

ओप्पोको ‘दशैं स्क्र्याच एण्ड विन अफर’ का विजेताहरु पुरस्कृत

ओप्पोले ‘दशैं स्क्र्याच एण्ड विन अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंको कमलपोखरी …

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *