Home / Featured / के हो डाटा सेन्टर ?

के हो डाटा सेन्टर ?

शिब बस्नेत


विशेषगरी सरकारी र निजी व्यवसायिक संस्थाले आफ्ना डाटा सरक्षित राख्न एवं स्पेस अपर्याप्त भएको अवस्थमा डाटा सेन्टरको प्रयोग गर्छन् । जसअनसार डाटा स्पेस प्रयोग गरेबापतको शल्क डाटा सेन्टर सञ्चालकलाई तिर्नपर्छ ।

डाटा सेन्टर एक केन्द्रिकृत डाटा भण्डार हो, जसले डाटा स्टोर गर्ने काम मात्रै नगरी कार्यालय वा प्रयोगकर्ताका लागि विभिन्न सुविधाहरु प्रदान गर्दछ । यसले संगठनको सूचना भण्डारण, व्यवस्थापन र वितरण गर्छ । जसमा सरकार, व्यक्ति अथवा कुनै कम्पनीले आफ्नो डाटा (तथ्याङ्क) सुरक्षित राख्न एक विशेष डिभाइस राखिएको हुन्छ । डाटा सेन्टर फिजिकल र क्लाउडमा आधारित गरी दुई किसिमका हुन्छन् ।

फिजिकल डाटाबेस सेन्टरमा आफ्ना महत्वपूर्ण डाटालाई कतै लिकेज नहोस् भनेर सुरक्षित राखिन्छ । क्लाउडबेस्ड डाटासेन्टरले पनि प्रयोगकर्तालाई डाटासँग सम्बन्धित कामका लागि सेवा दिन्छ। यो सेवा सुरक्षित पनि मानिन्छ । सरकारी र निजी व्यवसायिक संस्थाले आफ्ना डाटा सुरक्षित राख्न आफ्नो स्पेस अपर्याप्त भएपछि डाटा सेन्टरको प्रयोग गर्छन्। विशेषगरी ठूलो मात्रामा डाटाको काम गर्ने कम्पनीहरुले स्टोरेज क्षमता बढाउन, सर्भरलगायतका पूर्वाधारमा लगानी गर्न नपर्ने गरी यस्ता डेटा सेन्टरले निश्चित शुल्क लिएर यस्तो सुविधा प्रदान गर्दछन् ।


यसर्थ डाटा सेन्टरमा आफ्ना सूचना राख्न चाहने व्यक्ति वा संस्थाका लागि डाटा सेन्टर हाउसको सरक्षा र विश्वसनियता महत्वपूर्ण प्राथमिकतामा पर्दछ । डाटा सेन्टर विभिन्न डिजाइनमा सञ्चालन हुने गरेपनि यसलाई सामान्यतः इन्टरनेट र इन्टरप्राइज डाटा सेन्टरको रुपमा व्याख्या गरेको पाइन्छ ।

 

यस्ता हन्छन् डाटा सेन्टर

डाटा सेन्टरले सामान्यतयाः हाउजिगं सर्भर, नेटवर्क र स्टोरेज हार्डवेयर निर्माण गर्नका साथमा पावर, कलिगं, आगलागी नियन्त्रण, सेक्यरिटी सिस्टम तथा नेटवर्क कनेक्टिभिटीका कार्य गर्दछन् । ठला कम्पनी विशेषतः प्रविधिको काम गर्ने कम्पनीले आफ्नै डाटा सेन्टरको डिजाइन, निर्माण र सञ्चालन गर्छन् । अर्कोतिर भाडादार डाटा सेन्टर हन्छन्, जसअन्तर्गत सानादेखि मझौदा स्तरका कम्पनीहरुलाई कोलोकेसन स्पेस (र्याक) दिने तर प्रयोगकर्ता कम्पनीले नै आफ्ना हार्डवेयरमा नियन्त्रण राख्ने गर्छन् ।त्यस्तै थोरै ठला कम्पनीलाई धेरै डाटा सेन्टर स्पेस बेच्ने होलसेल डाटा सेन्टर हन्छ भने एउटै प्रयोकर्ता कम्पनीलाई सर्भर भाडामा दिने डाटा सेन्टर पनि हन्छन् ।

तर यस्तो सविधामा प्रयोगकर्ताले नै सफ्टवेयर र हार्डवेयरको व्यवस्थापन गर्नपर्ने हन्छ । अर्कोतिर सर्भर र स्टोरेजसँगै प्रशासनिक र इन्जिनियरिगं सविधाहरु दिने डाटा सेन्टर (म्यानेज्ड होस्टिगं) पनि सञ्चालनमा आइरहेका छन् ।

यिनिहरुले डाटाबेस एडमिनिस्ट्ेसन, म्यानेज्ड सेक्यरिटी सर्भिसेस, म्यानेज्ड स्टोरेज, एप्लिकेशन म्यानेजमेन्ट सर्भिस, डिजास्टर रिकभरी आदि सेवा सञ्चालन गर्छन् । यस्तो प्रकृतिको सेवा हार्डवेयर प्रयोगकर्ता वा सेवाप्रदायकको हन सक्छ । अर्कोतिर प्रयोगकर्तालाई सर्भर क्यापासिटी सेयर गर्न दिने सेयर्ड होस्टिगं कम्पनीहरु हन्छन् ।

‘सुचनालाई भण्डारण र व्यवस्थापन गर्न धेरै कराको जोरजाम गर्नपर्ने हन्छ । २/४ ओटा सर्भर राख्न पर्ने, कुलिन, बिजुली तथासुरक्षित रुपमा त्यसको व्यवस्थापन गर्नुपर्छ,’ नेपालमा क्लाउड सर्भिस दिइरहेको कम्पनी एक्सेस वल्र्डका सिइओ किशोर पन्त भन्छन्, ‘कतिपय कम्पनीले आफैले सानो स्केलमा डेटा सेन्टर पनि सञ्चालन गर्ने गर्छन् ।

तर, पर्वाधार महँगो हने र सरक्षामा पनि डर भएकाले अहिले व्यवसायिक डाटा सेन्टर खल्ने र त्यसबाट सेवा लिनेहरुबढेका छन् ।’ डेटा सेन्टर भयो भने थप सरक्षित हने र पूर्वाधारमा गर्नुपर्ने लगानी पनि घट्ने उनको भनाई छ । ‘यसका लागि आफैले डेटा सेन्टर बनाउनुभन्दा कमर्सियल रुपमा विभिन्न प्रयोजनमा डेटा राख्न दिने सुविधा दिएका डेटा सेन्टर रहेका छन्,’ उनले भने, ‘यस्ता डाटा सेन्टरले डाटा राख्ने ठाउँ दिन्छन्, घर भाडामा लिए जस्तो हो ।’


डेटा सेन्टरमा पावर रुम, कनेक्टिभिटी रुम, सर्भर रुम आदि हुन्छन् । अधिकांश डाटा सेन्टरले कनेक्टिाभटीका लागि आइएसपीहरुसँग साझेदार गर्छन् । सर्भरलाई चाहिने कुलिन, उपयक्त वातावरण, सरक्षालगायतका लागि उच्च व्यवस्थापन यसमार्फत् गरिन्छ । ‘आफ्नो सर्भरमा रहेका एप्लिकेशनलाई डाटा सेन्टरमा राख्दा मूल्यमा सस्तो हने, काम प्रभावकारी हुने र सेवाको हिसाबमा पनि धेरै झन्झट बेहोर्नपर्दैन,’ डाटा सेन्टर कम्पनी क्लाउड हिमालयका सिइओ रमेश श्रेष्ठले भने ‘अफिस आफैले सर्भर राख्दा एप्लिकेशन राख्नुपर्ने, बत्ति राख्नुपर्ने, जनशक्ति राख्नपर्ने झन्झट हुन्छ ।

यसकारण त्यसलाई लगेर डाटा सेन्टरमा राखे हरेक रुपमा किफायत पर्न जान्छ र सजिलै आफ्नो डाटामा पनि पहँच राख्न सकिन्छ ।‘ सामान्यतः डेटा सेन्टरमाबिल्डिङ म्यानेजमेन्ट सिस्टम, नेटवर्क मनिटरिङ सिस्टम, सर्भर मनिटरिङ सिस्टम लगायतका सफ्टवेयर प्रयोग गर्छ ।

Check Also

अब अनलाइनबाट पनि एनसेलमा रिचार्ज

निजि मोबाइल सेवा प्रदायक कम्पनि एनसेलले नेपालमा पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ …

ओपोद्वारा ६ जीबी र्यामको ‘एफफाइभ रेड एडिशन’ सार्वजनिक

नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओपोले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *