Home / Featured / क्यानको ऐतिहासिक यात्रा र इन्फोटेक

क्यानको ऐतिहासिक यात्रा र इन्फोटेक

डा. विमलकुमार शर्मा
संस्थापक अध्यक्ष, कम्प्युटर एशाेसिएसन (हालकाे क्यान महासंघ)

०४६ सालको आन्दोलनपछि नेपालमा राजनीतिक खुलापन आयो । त्यो खुलापनसँगै हरेक क्षेत्रले उदारता र स्वतन्त्र महसुस गर्न थाले । त्यो खुलापनले मात्रै कम्प्युटर एशोसिएसन बनेको होइन । त्यतिबेला कम्प्युटर प्रविधिको प्रयोगले विस्तारै व्यापकता लिदै थियो । सरकारले कम्प्युटर तालिम दिन र सफ्टवेयरजन्य काम गर्न नेपाल कम्प्युटर केन्द्र (एनसिसी) सञ्चालन गरेको थियो । योबाहेक निजीस्तरमा २÷४ ओटा कम्प्युटर ट्रेनिङ इन्स्टिच्युट थिए । हामीले पनि त्यस्तो इन्स्टिच्युट सञ्चालन गथ्र्यौं । तालिम दिदादिदै नयाँ कोर्श डिजाइन गथ्र्यौं । त्यस्ता तालिमले मानिसलाई आकर्षित गर्न थालेपछि अरु पनि इन्स्टिच्युट खुले । १९९२ तिर काठमाडौंमा ७÷८ ओटा कम्प्युटर इन्स्टिच्युट राम्रोसँग सञ्चालनमा आएका थिए ।

४६ सालको आन्दोलनपछि हामी केही इन्स्टिच्युट र पसल व्यापारीको सक्रियतामा यससम्बन्धी गतिविधिलाई व्यवस्थित गर्नुपर्छ र त्यसलाई यो क्षेत्रको विकासको निमित्त प्रयोग गर्नुपर्छ भन्ने सोच अगाडि ल्यायौं । यही सोचका कारण अन्ततः कम्प्युटर एशोसिएसनको अवधारणा आयो । यसको स्थापनाका लागि १९९२ मा सिएन जी, पन्त जीलगायतका साथीहरु एडहक कमिटीमा रही सक्रिय हुनुभयो । एडपहक कमिटीमा बसेका साथीहरुको प्रयासले मात्रै कम्प्युटर एशोसिएन बनेको होइन । हामीले धेरै अन्तक्रिया गर्यौं । यस्तो प्रेस्टिजियस कामका लागि त्यतिबेलाका साथीहरु र सहयोगीहरुको जुझारुपन निकै महत्वपूर्ण छ ।

त्यतिबेला राम्रो व्यवसाय गरिरहनु भएका बेलट्रोनिक्सका विजयकृष्ण् श्रेष्ठ र मर्कन्टाइलका सञ्जिव राजभण्ढारीलगायतसँग सल्लाह गरियो । निजीस्तरमा मात्रै होइन त्यतिबेला इनहाउस तालिम दिएको एनसिसीको तर्फबाट नारायण नयन, सुरेश रेग्मी, निलकण्ठ उप्रेतीलगायतका धेरै साथीहरुले सहयोग गर्नुभयो र लामो समयसम्म निरन्तर सहयोग दिइरहनु भयो । यही बीचमा विजय दाई र सञ्जिवजीले एलेन तुलाधर जीसँग सम्पर्क गराइदिनु भयो । एलेनजीले कम्प्युटर एशोसिएसन स्थापनाका लागि देखाउनुभएको विशेष सकृयताले वास्तविक संगठन बन्न सहयोग पुगेको हो । यसर्थ हामीले सरकारी संयन्त्र र निजी क्षेत्रका त्यतिबेलाका बिग हाउसेसहरुको सहयोग र सौहार्दतामा कम्प्युटर एशोसिएसनको एडप्ट कमिटी बनायौं, विधान बनायौं र इलेक्सन नै गरायौं ।

क्यानको ऐतिहासिक यात्रा
२५ वर्षअघि कम्प्युटर आजको जस्तो सञ्चार प्रविधिसँग जोडिएको थिएन । त्यतिबेला हार्डडिस्कै नै आएको थिएन । विस्तारै प्रविधि यति व्यापक भयो कि टेलिफोन र इन्टरनेटसँग जोडिनाले हरेक क्षेत्र लाभान्वित हुन थाले । विधिवत् रुपमा कम्प्युटर एशोसिएन स्थापना भएपछि हाम्रा काम र भूमिका स्वतः बढ्न पुग्यो । हामीले क्यान सुरु गर्दा नेपालमा राम्रो तालिमको व्यवस्था थिएन । महँगो थियो । र, यसको प्रयोग पनि कम थियो । यो क्षेत्रलाई व्यवसायिकरण गर्न खोज्दा अन्ततः यो क्षेत्रमा धेरै विकास हुन पुग्यो । अपरेटरहरु धेरै निस्किए । कम्प्युटरहरु सिक्नुपर्छ भन्ने लहर चल्यो । व्यवसाय फस्टाउदै गयो । क्यानले स्कुल स्कुलमा कम्प्युटर प्रयोग गर्ने वातावरण बनायो । उपभोक्तादेखि राज्यतहमा बसेका मानिसलाई बुझायौं । आइटी पोलिसी बनाउन झक्झक्यायौं । क्यानले विश्वविद्यालयको पाठ्यक्रममा कम्प्युटर शिक्षा समावेश गर्न लबिङ गर्यो । यो क्षेत्रका लागि छुट्टै मन्त्रालय नै बनाउनु पर्छ भनेर लबिङ गरिरह्यौं । क्यानका हरेक सभापतिले यी कामलाई निरन्तरता दिनुभयो ।
संघसस्ंथा बन्नु र त्यसलाई निरन्तरता दिनु गारो हो । यो हाम्रो सौभाग्य हो कि अहिलेसम्म हाम्रो संगठन खण्डिकृत भएको छैन । राजनीतिको प्रभाव कम्प्युटर एशोसिएसनमा परेको छैन । सुरुमा प्रोफेसनल इन्स्टिच्युट्स र कम्प्युटर पसल ब्यापारीलाई समावेश गरिए

क्यानको अहिले पनि मूलभूत संरचना त्यस्तै छ । प्रोफेसलन, ब्यापारी, प्रयोगकर्ता आदि समावेश हुने क्यानको संरचना अन्य संगठनजस्तो फरक पनि छ । पहिलो निर्वाचित कार्यसमितिले नै नेपालमा इन्फोटेक गर्ने अवधारणा ल्याएको हो । सञ्जिवजीले रिस्क लिन तयार भएकै हो । नभन्दै क्यानलाई नोक्सान भएन । धेरै प्रभाव पार्न सफल भयौं । यसमा सञ्जिवजीको जुझारुपनलाई म फेरि सम्झनु चाहन्छु । सिएनजी र एलेनजी फ्लोरमै डटेर लाग्नुभएको थियो । इन्फोटेकले यस्तो निरन्तरता पायो कि अहिले क्यानका लागि आम्दानीको उच्च स्रोत पनि इन्फोटेक भएको छ । विश्वमा केकस्ता प्रविधि आएका छन् र नेपाल कहाँ छ भनेर चिनाउन नै इन्फोटेक प्रभावकारी बन्न सफल भयो । सञ्जिवजीले गरेका कामलाई विजय दाईले थप निरन्तरता दिनुभयो । लोचनलाल अमात्य, विप्लवमान सिंह, सुरेश कर्णहुँदै विनोद ढकालसम्म आउँदा संगठन थप बलियो र फराकिलो बन्यो । लोचनजीको पालमा पूर्वअध्यक्षहरुको सल्लाह लिन सल्लाहकार समिति पनि बन्न थालेको हो । यसकारण हामी क्यानमै रहेकाे अनुभूति भइरहेकाे छ ।

इन्फोटेक र फेरिएको स्वरुप
प्रविधिको जानकारी दिन इनफोटेक गर्न थालियो । यसको प्रभाव र उपलब्धीलाई सबैलै स्विकारेको स्थिति छ । अहिले पनि इन्फोटेकको वस्तुगत पक्ष उही नै छ । तर, अब भौतिक रुपमा त मानिसले कम्प्युटर देखेका छन् । प्रविधि पनि सुनिरहेका छन् । अब मैले मेरो नातीबाट सिक्नुपर्ने अवस्था आएको छ । प्रविधिको व्यापकता बढेको छ । बजार विस्तार भएको छ । इन्फोटेकमा सुरुमा २० ओटा स्टल थियो होला अहिले २ सय ५० पुगेको छ । वस्तुगत रुपमा ज्ञानको भोक उस्तै छ, उही नयाँ कुरा हेर्न खोज्छन् । मानिसले छाएर, छामेर, बुझेर रोजेर वस्तु र सेवा खरिद गर्न खोज्छन् । हामीले प्रयोग बढाउनुपर्छ । अनलाइन प्रविधिको प्रयोग बढाउन सकेका छैनौं । अझ यसको विकास र विस्तारलाई बेग्लै रुपले सोच्नुपर्छ ।
अन्त्यमा….
इनफोटेक मानिसहरुको भिड मात्रै होइन, घरमै बसेर पनि हरेक स्टलको जानकारी राख्न सक्ने, बुझ्न सक्ने र प्राविधिक ज्ञान लिन सक्ने खालको बन्नुपर्छ । टेक्नोलोजीलाई नजिकबाट महसुस गर्नुपर्छ तर त्यो किसिमको काम गर्न सकेका छैनौं । शिक्षा, स्वास्थ्य, कृषि आदि क्षेत्रलाई ब्रिजिङ गर्ने गरी इन्फोटेक गर्न सकिरहेका छैनौं । प्रविधि यत्रतत्र आवश्यक छ । इन्टिग्रेटेड रुपमा हामी के गर्देछौं र हाम्रो स्टेटस के हो भनेर देखाउन सकिरहेका छैनौं । यसर्थ अब इन्फोटेक रोगी र डाक्टरको पुलको पनि काम गरोस्, विद्यार्थी र विश्वविद्यालय/प्राध्यापकको पुलको पनि काम गरोस्, कृषक र बालीको पनि पुलको काम गरोस् । यसको निमित्त क्यानलार्इ मेरो साथ सदैव रहने छ ।

Check Also

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *