Home / Shiva Basnet

Shiva Basnet

Associate Editor- Living With ICT

अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन : आइसिटी अवार्ड २०१७ सम्पन्न

लिभिङ विथ आइसिटीले आयोजना गरेको दोस्रो संस्करणको आइसिटी अवार्ड २०१७ सम्पन्न भएको छ । विहिबार राजधानीको होटल याक एन्ड यतिमा आयोजित विशेष अवार्ड समारोहको अवसरमा विभिन्न स्पर्धाका विजयीलाई सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सम्मान गरे । सोअवसरमा मन्त्री बस्नेतले यस्ता कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा काम गर्नेलाई प्रोत्साहन गर्ने बताए । उनले विजेता सबैलाई बधाइ दिदै अझै नेपालको सूचना प्रविधि क्षेत्रमा …

Read More »

आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै, सञ्चारमन्त्री सहित विशिष्ट व्यक्तिको उपस्थिति हुने

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा साढे ३ बजेदेखि हुने अवार्ड कार्यक्रममा ४ विधामा आइसिटी अवार्ड प्रदान गरिदैछ । यसअन्तर्गत बेस्ट आइसिटी स्टार्टअप अवार्ड २०१७, बेस्ट इन्नोभेटिभ प्रडक्ट आइसिटी अवार्ड २०१७, आइसिटी पायोनियर अवार्ड २०१७ र आइसिटी डायस्पोरा अवार्ड २०१७ को घोषणा हुने छ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख …

Read More »

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट आइसिटी स्टार्टअप अवार्ड २०१७ र बेस्ट इन्नोभेटिभ प्रडक्ट आइसिटी अवार्ड २०१७ का लागि शीर्ष ५ ले प्रतिष्पर्धा गरिरहेका छन् । शीर्ष ५ स्टार्टअप र प्रडक्टमध्ये शीर्ष ३ मा अटाउने प्रतिष्पर्धीलाई अवार्ड दिइने छ । शीर्ष ५ स्टार्टअप कम्पनी बसोबास नेपाल प्रालि घरजग्गा कारोबारलाई अनलाइनबाटै व्यवस्थित …

Read More »

सम्भावना राम्रो भएर पनि चल्न नसकेका नेपाली आइटी प्रडक्टहरु

पछिल्लो वर्षयता नेपाली उद्यमीले पनि ‘इन्नोभेटिभ आइडिया’मा काम गरिरहेका छन् । मुख्यत: दूरसञ्चार र इन्टरनेटका प्रयोगकर्ता बढेकाले सूचना प्रविधिमा आधारित प्रडक्ट र सर्भिसको विकास स्वदेशमै हुन थालेको छ । नेपालमा सूचना प्रविधि उद्योगको कुरा गर्ने हो भने हार्डवेयरमा नभई ज्ञानमा आधारित प्रडक्टहरुको विकास हुने गरेको छ । सफ्टवेयर, वेबसाइट, मोबाइल एप्लिकेशन, ई–कमर्स आदि प्रविधिको प्रयोग गरी विभिन्न क्षेत्रमा आइसिटीमैत्री बनाउन …

Read More »

स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा ल्याउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्

रवि फुयाल उद्यमशीलता, शिक्षा र प्रविधि गरी तीन क्षेत्रमा क्रियाशील छन् । उनी इन्नोभेटिभ नेपाल ग्रुपका कार्यकारी निर्देशक हुन् । यो ग्रुप इनभेस्टमेन्ट र होल्डिङ कम्पनी हो जुन कम्पनीले नेपालमा विभिन्न संस्था सञ्चालन गरेको छ । फुयाल नेपाल आन्टप्रनर्स हबका समेत सह–संस्थापक हुन् । यो हबले नेपालमा दीर्घकालीन रुपमा उद्यमशीलताको प्रवद्र्धन गर्न एवं स्टार्टअप कम्युनिटीलाई सहयोग गर्न स्टार्टअप विकेन्ड, स्पार्क …

Read More »

साइबर सुरक्षाका लागि जनचेतना फैलाउनुपर्नेमा विज्ञको जोड

साइबरजन्य चुनौती र जोखिम नियन्त्रणका लागि सर्वसाधारणतहमा चेतना फैलाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । शनिबार काठमाडौंमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालले आयोजना गरेको साइबर सेक्युरिटी विषयक कार्यपत्रमा छलफल गर्दै वक्ताहरुले डिजिटल प्रविधिको प्रयोग बढेसँगै यसका आम उपभोक्तामा सचेतना बढाउनुपर्नेमा जोड दिएका हुन् । कम्प्युटर एशोसिएन महासंघ (क्यान) का पूर्वअध्यक्ष एवं नेपाल सर्टिफाइङ कम्पनीका प्रमुख विप्लवमान सिंहले सूचना प्रविधिसम्बन्धी नीतिमा सुरक्षाका …

Read More »

अनलाइन र एसएमएस भोटिङ कसरी गर्ने ?

दोस्रो संस्करणको आइसिटी अवार्डका लागि दुई विधामा शीर्ष ५ प्रतिष्पर्धी छानिएका छन् । बेस्ट आइसिटी स्टार्टअप अवार्ड र इन्नोभेटिभ प्रडक्ट आइसिटी अवार्ड गरी दु्र्इ विधामा ५/५ प्रतिष्पर्धी छानिएका हुन् । शीर्ष ५ मा पर्ने स्टार्टअप कम्पनीहरुमा बसोबास नेपाल प्रालि, क्याचीरोड इन्कर्पोरेट प्रालि, पाइला टेक्नोलोजी प्रालि, सोनीटेक नेपाल प्रालि र जेफ्टवेर सोलुसन्स प्रालि रहेका छन् । त्यसैगरी शीर्ष ५ मा पर्ने …

Read More »

आइसिटी अवार्डमा शीर्ष ५ स्टार्टअप र प्रडक्ट घोषणा, अनलाइन भोटिङ सुरु

दोस्रो संस्करणको आइसिटी अवार्ड २०१७ मा बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ आइसिटी अवार्डअन्तर्गत शीर्ष ५ को घोषणा भएको छ । विहिबार काठमाडौंमा आयोजित ‘प्रेजेन्टेशन र स्पिड डेटिङ राउन्ड’ बाट निर्णायक समूहले अन्तिम चरणको प्रतिष्पर्धाका लागि शीर्ष ५ छनोट गरेको हो । शीर्ष ५ मा पर्ने स्टार्टअप कम्पनीहरुमा बसोबास नेपाल प्रालि, क्याचीरोड इन्कर्पोरेट प्रालि, पाइला टेक्नोलोजी प्रालि, सोनीटेक नेपाल …

Read More »

आइसिटी अवार्डमा विहीबार ‘प्रेजेन्टेशन राउन्ड’ हुँदै, उत्कृष्ट ५ छानिने

आइसिटी अवार्ड २०१७ मा भोली विहीबार ‘प्रेजेन्टेशन राउन्ड’ हुने भएको छ । २ विधा आइसिटी स्टार्टअप अवार्ड र इन्नोभेटिभ प्रडक्ट आइसिटी अवार्डका लागि प्रेजेन्टेशन राउन्ड हुन लागेको हो । १० बजेबाट सुरू हुने कार्यक्रम काठमाडाैंकाे पुतलीसडकस्थित स्टार मलकाे तेस्राे तल्लामा हुनेछ । उत्कृष्ट २० बाट छनोट भएका १० स्टार्टअप र १० इन्नोभेटिभ प्रडक्टले आइसिटी अवार्डको जुरी टिमसमक्ष प्रेजेन्टेशन दिने छन् …

Read More »

टेलिकमको भिडियो कल सेवाबाट बोल्न र सुन्न नसक्ने व्यक्ति लाभान्वित

नेपाल टेलिकमले गत वर्षको असार ३१ देखि बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा उपलब्ध गराएको भिडियो कल सेवाबाट १ बर्षको अबधिमा ७ हजार ८४ उपभोक्ता लाभान्वित भएको तथ्याङ्क सार्वजनिक गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा भिडियो कल तथा एसएमएस सेवा सुरु गरेको थियो । टेलिकमको मोबाइल नम्बर (सिम) …

Read More »