Home / Featured / २१ औं संस्करणको क्यान इन्फोटेक सम्पन्न, ३ लाख ३१ हजारले गरे अवलोकन

२१ औं संस्करणको क्यान इन्फोटेक सम्पन्न, ३ लाख ३१ हजारले गरे अवलोकन

सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले कम्प्युटर एशोसिएसन महासंघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा माघ १४ गतेदेखि सञ्चालन भइरहेको २१औं “सुबिसु क्यान इन्फोटेक २०१५ इन एशोसिएशन विथ डेल/ईन्टेल बाई नियोटेरिक नेपाल” प्रदर्शनी सम्पन्न भएको छ । KP Oliउपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले उद्धघाटन गरी सुरु भएको यसपटकको मेलालाई ३ लाख ३१ हजार १ जनाले अवलोकन गरेका छन् । मेलाको अन्तिम दिन मात्रै ३९ हजार ५सय ४५ जनाले इन्फोटेक अवलोकन गरेको जानकारी आयोजकले दिएको छ ।nepal telecom क्यान महासंघका महासचिव अमृतकुमार पन्तले प्रेषित गरिेको प्रेस विज्ञप्तीमा इन्फोटेकमा लागेको अवलोकनकर्ताहरुको भिड र उनीहरुले दिएका अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाले क्यानलाई थप हौसला र प्रोत्साहन मिलेको जनाइएको छ । साथै इन्फोटेकमा सहभागी कम्पनीले भित्र्याएका नयाँ प्रविधिले थप ऊर्जा मिलेको उल्लेख गरिएको छ ।IMG_0296

यसपटकको इन्फोटेकको शीर्ष प्रायोजक सुबिसु केवबनेट, प्लाटिनम स्पोन्सर भायनेट, डायमण्ड स्पोन्सर सामसुङ, गोल्ड स्पोन्सरहरु वेब सर्पmर र वल्र्ड लिङ्क, सिल्भर स्पोन्सरहरु कलर्स, हुुवाई, नेटिस र एसपावर रहेका थिए भने प्रिन्ट स्पोन्सरमा पानासोनिक स्मार्टफोन रहेको थियो । २१९ वटा स्टल रहेको प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेशन, आ्सिटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसनलगायतका स्टल रहेका थिए ।IMG_0277
इन्फोटेकको विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गरे । सूचना तथा संचारमन्त्री डन. मीनेन्द्र रिजाल, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एमालेका नेता झलनाथ खनाल, नेकपा एमाले केन्द्रिय कमिटी सचिव प्रदिप ज्ञवाली, राष्ट्रिय सूचना आयोगका प्रमुख कृष्णहरि बास्कोटालगायतले अवलोकन गरेका थिए ।

Check Also

एनसेल डेटा बण्डलिङ्ग सहित अत्याधुनिक फोटोग्राफी स्मार्टफोन ‘हुवावे पि टेन प्लस’

एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा हुवावे टेक्नोलोजिज्ले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रुपमा डिजाइन गरिएको …

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *